शिखर इन्स्योरेन्सले शेयरधनीहरुलाई लाभांश नदिने, जगेडा कोष कायम गर्ने

Advertisement

काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुलाई लाभांश नदिने भएको छ । सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट लाभांश वितरण नगरी जगेडा कोष कायम गर्ने निर्णय गरेको कम्पनी सचिव सुरज राजवाहकले जनाएका छन् । 

सोमबार बसेको सञ्चालक समितिबो बैठकले कम्पनीको आव २०७५/७६ को बीमा समितिबाट जारी एनएफआरएस बमोजिमको वित्तीय विवरण पारित गरी स्वीकृतिका लागि पठाउने निर्णय गरेको छ । 

Advertisement

साथै बीमाङ्कीय मूल्याङ्कन सम्बन्धी निर्देशिक २०७६ को दफा ३ बमोजिम कम्पनीको आव २०७६/७७ को वित्तीय विवरणहरुको सैद्धान्तिक स्वीकृतिको लागि बीमा समितिमा पेश गर्ने निर्णय गरेको गरेको छ ।  

आव २०७६/७७ को वित्तीय विवरणहरुको बीमा समितिबाट सैद्धान्तिक सहमतिपछि नेपाल वित्तीय प्रतिवेदनमान बमोजिमको वित्तीय विवरणहरु समेत बीमा समितिबाट स्वीकृति लिई दुबै आवको वार्षिक साधारण सभा चाँडो भन्दा चाँडो सम्पन्न गर्न तयार रहेको कम्पनी सचिव राजवाहकले बताए । 

Advertisement

Advertisement