सिद्धार्थ बैंकले तीन अर्ब रुपियाँको ऋणपत्र बिक्री गर्न बोर्डबाट पायो अनुमति

Advertisement

काठमाडौँ । सिद्धार्थ बैंकले ३ अर्ब रुपियाँको ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले ७ वर्ष अवधिको ‘एसबीएल डिबेन्चर २०८४’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । 

उक्त ऋणपत्र बिक्री गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट असोज २ गते बैंकले अनुमति पाएको हो । ऋणपत्रमा वार्षिक ८.५ प्रतिशत ब्याजदर पाइनेछ । 

Advertisement

अब बैंकले प्रतिइकाई १ हजार रुपियाँ दरमा ३० लाख इकाई ऋणपत्र बिक्री गर्नेछ । यसमध्ये १२ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । 

ऋणपत्र बिक्री प्रबन्धकको काम एनएमबि क्यपिटलले गर्ने बैंकले जनाएको छ ।  

Advertisement

Advertisement