उपत्यकामा ६४७ सहित १३५६ जना कोरोना संक्रमित थपिए

Advertisement

काठमाडौँ । एक हजार ३ सय ५६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजित नियमित प्रेस ब्रिफिङ कार्यक्रम मार्फत उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । 

आज थपिएकासहित कूल कोरोना संक्रमितको संख्या ६६ हजार ६ सय ३२ पुगेको छ । ती मध्ये हालसम्म ४८ हजार ६१ जना कोरोना निको भएर घर फर्किको र सक्रिय कोरोना संक्रमितको कूल संख्या १८ हजार १ सय ४२ रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । आजैमात्र ८ सय २३ जना कोरोना निको भएर घर फर्किएको उनले बताए । 

Advertisement

आज थपिएका कोरोना संक्रमित मध्ये काठमाडौँ उपत्यकाका ६ सय ४७ जना छन्, ती मध्ये काठमाडौँका ५११, ललितपुरका ७३ र भक्तपुरका ६३ जना छन् । 

कोरोना संक्रमणका कारण आज थप २ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको कूल संख्या ४२९ पुगेको मन्त्रालयले जनाएको छ । 
 

Advertisement

Advertisement