त्रिवि शिक्षण अस्पताल जान खोजेका डा. केसीलाई सरकारले जबरजस्ती ट्रमा सेन्टर लग्यो

Advertisement

काठमाडौं । त्रिवि शिक्षण अस्पताल जान खोजेका अनशनरत डा. गोविन्द केसीलाई सरकारले जबरजस्ती ट्रमा सेन्टर पुर्याएको छ । इच्छाविपरित ट्रमा सेन्टर पुर्याइएपछि केसीले उपचार सेवा लिन अस्वीकार गरेका छन् । 

प्रहरीले जबरजस्ती नियन्त्रणमा लिएर ट्रमा सेन्टर पुर्‍याएका केसीले कुनै प्रकारको परीक्षण तथा उपचारका स्वीकार लिन अस्वीकार गरेपछि सरकारी अधिकारीहरु समस्यामा परेका छन् । 

Advertisement

स्वास्थ्य शिक्षा तथा स्वास्थ्य सेवा सुधारका साथै भ्रष्टाचारीहरुलाई कारवाहीको माग गर्दै जुम्लामा १९औं चरणको अनशन सुरु गरेका केसीको स्वास्थ्य बिग्रिदै गएपछि सरकारले जहाजमा चढाएर काठमाडौं ल्याएको थियो । 

केसीका सहयोगीहरुले अपहरण गरेर सरकारले डा. केसीलाई ट्रमा सेन्टर ल्याएको आरोप लगाएका छन् । 

Advertisement

Advertisement