महालक्ष्मी विकास बैंकका ऋणीहरुलाई ब्याज रकममा १० प्रतिशत छुट

Advertisement

काठमाडौँ । महालक्ष्मी विकास बैंकले हाल विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारणले उत्पन्न असहज परिस्थितिमा कर्जा सुविधा लिएका ग्राहकहरुलाई असोज मसान्त भित्र तिनुपर्ने व्याज भुक्तानी गरेमा भुक्तानी भएको व्याज रकममा १०% छुट प्रदान गर्ने निर्णय गरेको छ । 

ग्राहकहरुले यस विषम परिस्थितिमा पनि कर्जाको किस्ता/ब्याज भुक्तानी गरेर देखाएको इमान्दारीताको कदर गर्दै बैंकले केही कर्जाहरुमा व्याजदर समेत घटाएको छ ।

Advertisement

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३४ वटा एटिएमहरु मार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मीको ग्राहक संख्या करिब ५ लाख भन्दा बढी रहेको छ ।

Advertisement

Advertisement