यूनियन लाइफ चौथो बर्षमा, ब्यवसाय बृद्धि गर्ने प्रतिबद्धता

Advertisement

काठमाडौँ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी तेश्रो बर्ष पूरा गरी चौथो बर्षमा प्रवेश गरेको छ । कम्पनीले चौथो बर्ष प्रवेशको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

तेश्रो बार्षिकोत्सव कार्यक्रमको सन्दर्भमा कम्पनीले आगामी दिनमा अझ बढि सशक्त र आक्रामक रुपमा ब्यवसाय बृद्धि गर्ने प्रतिबद्धता जनाएको छ । 

Advertisement

कम्पनीले कारोवार संचालन गरेको तेश्रो बर्षमै बीमा क्षेत्रमा स्थापित नाम बनाउन सफल भएको छ, प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले भने, “कम्पनीको व्यावसाय र ब्राण्डलाई अझ उचाइमा बिस्तार गर्दै लैजाने छौं ।” 

कम्पनीले बीमा समितिबाट २०७४ असोज ४ गते कारोवार संचालनको अनुमती पाएको थियो ।

कम्पनीले शाखा तथा उपशाखा कार्यालयहरुबाट बीमा सम्बन्धी सम्पूर्ण सेवा सुविधाहरु सहज र ब्यवस्थित रुपमा उपलब्ध गराउदै आएको छ भने कम्पनीका बीमा योजनाहरु उत्कृष्ठ प्रकारको रहेको कारण बीमा गर्नेहरुको आकर्षण बढेको कम्पनीले जनाएको छ ।

कम्पनीको २ अर्ब १५ करोड जारी पूँजी रहेको छ । सो जारी पूँजीको ३० प्रतिशतले हुने साधारण शेयर चाडै नै सर्वसाधारण समक्ष निश्कासन गर्ने तयारी कम्पनीले गरिहेको छ । 
कम्पनीको संचालक समितिमा अध्यक्ष शुलभ अग्रवाल र संचालकहरुमा शेखर गोल्छा, संदीपकुमार अग्रवाल र जीवनकुमार अग्रवाल रहेका छन् । यसैगरी कम्पनीको मुख्य लगानीकर्ताहरुमा जगदम्बा ग्रुप, गोल्छा ग्रुप, गाडिया ग्रुप, न्यौपाने ग्रुप, राजेश हार्डवेयर र टिवडेवाल ग्रुप रहेका छन् ।

तेश्रो बार्षिकोत्सवको अवसरमा कम्पनीले सम्पूर्ण संस्थापक, संचालक, नियमनकारी निकाय बीमा समिति, कर्मचारीहरु, अभिकर्ताहरु, बीमितहरु, संचारकर्मी लगायत सबै सरोकारवाला कार्यालयहरु तथा शुभेच्छुकहरु प्रति आभार प्रकट गरेको छ । 
 

Advertisement

Advertisement