प्रश्नः समाजसेवा के हो ? प्रधानमन्त्रीको उत्तरः नसक्नेलाई सक्ने बनाउनु नै समाजसेवा हो

केपी शर्मा ओली 

सबैभन्दा पहिले म आज ४१औँ सामाजिक सेवा दिवसको सन्दर्भमा समाज कल्याण परिषद्को अगुवाइमा आयोजना गरिएको यस कार्यक्रममा देशभित्र र देशबाहिर रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी र अरू सम्पूर्ण सामाजिक सेवा कार्यमा लाग्नुभएका तमाम सङ्घसंस्थालाई हार्दिक शुभकामना भन्न चाहन्छु ।
जसले सामाजिक सेवाको काममा आफ्नो योगदान पु¥याउनुभएको छ समयको हिसाबले, श्रमको हिसाबले या पुँजीको हिसाबले वा कुनै पनि हिसाबले सेवा पु¥याउने सबैलाई म हार्दिक धन्यवाद भन्न चाहन्छु ।
सामाजिक सेवा हाम्रो संस्कृति हो, हाम्रो परम्परा हो र हाम्रो ऐतिहासिक गौरव पनि हो । हाम्रो समाजमा, धर्तीको यस भेगमा परापूर्वकालदेखि कति राम्रा प्रचलन पनि चलेका होलान्, कति नराम्रा प्रचलन पनि चलेका होलान् तर ती सबै प्रचलन राम्रा–नराम्रा हुँदाहुँदै पनि सामाजिक सेवाको पुण्यकारी भावनाको, परोपकारी भावनाको, मानवीय भावनाको, एक–आपसमा स्नेह, सहयोगी भावनाको सधैँ प्रचुरता रह्यो, समाजको एउटा अभिन्न अङ्गका रूपमा रह्यो । हुनेले नहुनेलाई, सक्नेले नसक्नेलाई, शक्तले अशक्तलाई र सक्षमले असक्षमलाई साथ दिने, सहयोग गर्ने प्रचलनहरू रहे । त्यो एउटा परम्पराकै रूपमा, सामाजिक अभ्यासकै रूपमा विकास भएर गयो ।
राज्यका सङ्गठित वा गैरराज्यका सङ्गठित विकास प्रयासहरूलाई हामीले सामाजिक सेवाको दायरामा राखिराख्नुपर्ने आवश्यकता छैन । ती विकासका प्रयासहरू हुन् । ती उन्नतिका प्रयासहरू हुन् । विकास, उन्नति, अग्रगमनका प्रयासहरू र समाज सेवाका कार्यहरू पृथक् कुरा हुन् । समाजभन्दा त्यसको सापेक्षिक अर्थ बुझिन्छ, कुन सन्दर्भमा भनिएको छ भनेर । मानव समाज भन्यो भने त्यसले राज्यका सिमानाहरूभन्दा बाहिरसम्मका मानव जातिको र उनीहरूको अन्तरसम्बन्धको परिभाषा गर्न सक्छ । त्यसैगरी देशभित्रको हिसाबले, राष्ट्रिय हिसाबमा नेपाली समाज भन्यो भने नेपालभित्र वा बाहिर रहेका तमाम नेपाली जातिहरू भन्ने बुझिन्छ र उनीहरूको अन्तरसम्बन्धलाई त्यसले वेष्ठित गर्छ । त्यसको अन्तरसम्बन्धभित्र सबै वर्ग, तह, तप्का, क्षेत्र, भूगोल, जाति, भाषा, संस्कृति, आस्थाहरू, यी सबै कुरा समेटिन्छन् । त्यसमा बौद्धिकस्तरको भिन्नता होस्, आर्थिकस्तरको भिन्नता होस् वा अरू पदीय भिन्नताहरू होऊन्, ती सबै कुरा त्यसैभित्र पर्दछन् । र, कहिलेकहिले त्योभन्दा सानो अर्थमा पनि समाजलाई परिभाषित गरेका छन् तर हामीले यहाँ समाजसेवाको कुरा गरिरहँदा, सामाजिक सेवाको कुरा गरिरहँदा, यसलाई कसैले केही गर्न नपर्ने अर्थहीन ढङ्गको अथवा राष्ट्रसेवक हुनेबित्तिकै समाजसेवा गरियो भन्ने ठानियो भने त्यो परिभाषा उपयुक्त हुँदैन । राष्ट्रसेवा एउटा कुरा र अपेक्षित छ, जो विभिन्न हिसाबले अपेक्षा गरिरहेको हुन्छ वा सहयोगको उसलाई आवश्यकता हुन्छ । त्यस्तोमा सहयोग पु¥याउनु अर्को कुरा हो । अपेक्षितलाई वा जो आवश्यकतामा छन्, जसलाई आवश्यक छ, उसलाई सहयोग पु¥याउनु चाहिँ समाजसेवा हो । नसक्नेलाई सक्ने बनाउनु र सबैलाई सवल बनाउनु, दुर्बललाई सबल बनाउनु समाजसेवा हो ।
यदि कुनै बालबालिका अभिभावकविहीन स्थितिमा छ अथवा बालबालिकाले प्राप्त गर्नुपर्ने अधिकारसहितको पर्याप्त जिन्दगी प्राप्त गर्न सकेको छैन भने उसलाई त्यस स्थितिका निम्ति सहयोग पु¥याउनु र ती सुविधाहरू, सहुलियत पु¥याउनु सामाजिक सेवा हो । ज्येष्ठ नागरिक, जसलाई सहयोगको आवश्यकता छ, जो बेसहारा छन्, उनलाई सहारा दिनु सामाजिक सेवा हो । जो उपचार गर्न नसक्ने अवस्थामा छन्, उसलाई उपचारको प्रबन्ध गर्ने, सहयोग पु¥याइदिने सामाजिक सेवा हो । सबै काम सामाजिक सेवाभित्रै पर्छन् भन्ने होइन । सामाजिक सेवाको गरिमा त्यति बेला बढ्छ, जति बेला साँच्चै सामाजिक सेवासँग ती काम सम्बन्धित हुन्छन् । मान्छेले साँच्चै सामाजिक सेवा गरिराखेको हुन्छ । सामाजिक सेवा भनेको त्याग हो । त्यसमा त्याग हुनुपर्छ । त्यो आफ्नो जीवनको समयको त्याग होस् । आपूmसँग भएको सम्पत्तिको त्याग होस् । जसलाई हामी दान–अनुदानको विभिन्न नामले भन्न सक्छौँ । त्यो केही खर्च भएको हुनुपर्छ । केही गरिएको हुनुपर्छ । त्यसबापत केही लिइएको हुनु हुँदैन । त्यो चाहिँ सेवा हो । कुनै काम गरियो, त्यसबापत पारिश्रमिक वा भत्ता लिइयो भने त्यसलाई सामाजिक सेवा भन्न मिल्दैन । जसले मनबाट, निःशुल्क कुनै लाभ नलिइकन सेवा गर्दछ र अपेक्षितको आवश्यकता पूरा गर्न सक्दो योगदान पु¥याउँछ वा उसको स्थितिमा कुनै प्रकारको भिन्नता पु¥याउँछ । त्यो नै सामाजिक सेवा हो ।
हामीले हाम्रा मान्यताहरूमा हे¥यौँ भने १८ पुराणमा ब्यासले जम्मा दुईवटा कुरा भनेका छन् भनिन्छ । परोपकार पुण्याय पापाय परपीडनम् अर्थात् परोपकार पुण्य हो, अरूलाई पीडा दिनु चाहिँ पाप हो । पाप र पुण्यलाई त्यसरी छुट्याइएको छ । अरूको उपकार गर्नु र अरूलाई दुःख दिनुलाई त्यस रूपमा छुट्याइएको छ । हाम्रो परम्परा, हाम्रो संस्कृतिले भन्छ, वसुधैव कुटुम्बकम् अर्थात् पृथ्वीमा बसोबास गर्ने सबै आफन्त हुन्, विश्व नै एउटा परिवार हो । यसले हाम्रा पूर्वजहरूले तय गरेको मानवीय भावनाको व्यापकतालाई दर्साउँछ । सिङ्गै विश्व परिवार हो, सिङ्गै विश्वका बासिन्दा दाजुभाइ, दिदीबहिनीहरू हुन् । र, यी दाजुभाइ तथा दिदीबहिनीहरू आफ्नै दाजुभाइ, दिदीबहिनीहरू हुन् । त्यसो भएको हुनाले कसैले कहीँ दुख पाउँछ भने हामी त्यतिबेला सेवामा हाजिर हुन्छौँ । हामीले बाटा बनाएका छौँ, पुल बनाएका छौँ । त्यो सामाजिक सेवा होइन, त्यो कर्तव्य हो । त्यो स्वाभाविक प्रक्रिया हो । त्यो सरकारका कामभित्रको कुरा हो अथवा समाजसेवाका लागि यस्ता काम कहिलेकहिले उहिल्यै हुने गर्दथे । आजकाल त्यस्ता काम त्यति भएको देखिँदैन । उहिले पहाडमा आवागमन अत्यन्त कठिन भएका ठाउँहरूमा झोलुङ्गे पुल निर्माण गरिन्थे । र, यो फलानोले बनाएको झोलुङ्गे पुल भनेर उसकै नाममा राखिन्थ्यो । किनभने ऊ आपूm मात्रै तर्ने होइन, त्यहाँ अरूका लागि आवागमन सुविधाका लागि उसले परोपकार स्वरूप आफ्नो सम्पत्ति खर्च गरेर, समय खर्च गरेर, मेहनत खर्च गरेर त्यहाँ झोलुङ्गे पुल बनाएको हुन्थ्यो । उहिले उहिले आफ्नो जमिन दिएर, आपूmले लगानी गरेर सबैका छोराछोरीका लागि विद्यालय बन९ाएको हुन्थ्यो । सबै नागरिकको सुविधाका लागि स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्र वा अस्पतालहरू बनाएको हुन्थ्यो । चाडबाडहरूमा आफ्नै तर्फबाट मान्छेले पिङ बनाउँथे, सार्वजनिक मनोरञ्जनका लागि । त्यो पनि भन्ने हो भने एक प्रकारको समाजसेवाभित्र पर्छ । त्यसबाहेक यस्ता थुप्रै कुरा पनि समाजसेवाभित्र पर्छन् ।
तर, आज यी प्रवृत्ति घटेका छन्, न्यून भएका छन् । आफैँ गर्नेभन्दा पनि सरकारी सङ्घसंस्था जो छन्, पारिश्रमिक लिएका, ती संस्थाहरूमार्फत हामी समाजसेवा गरिराखेका छौँ, सामाजिक सेवा गरिराखेका छौँ । समाज कल्याण परिषद् त्यो सरकारी संस्था हो । यस्ता थुप्रै सरकारी संस्था छन्, जो समाज कल्याणका सन्दर्भमा काम गरिराखेका छन् । यी संस्थाहरूको काम सामाजिक चेतना जगाउने, मानवीयताको भावना विकास गर्ने, केही दिऊँ भन्ने भावना विकास गर्ने हो । केही लिऊँ, केही कमाऔँ भन्ने भावना होइन । केही दिऊँ भन्ने भावनाको विकास गर्ने, सहयोगात्मक भावनाको विकास गर्ने र त्यस्ता सहयोगी व्यक्ति तथा संस्थाहरूको संयोजन गर्ने र तिनलाई परिचालन गर्ने । यी काम यस्ता संस्थाहरूले गर्नुपर्दछ ।
साँच्चैका समाजसेवी, जो तनखा लिँदैनन् । साँच्चैका समाजसेवी, जो आपूm अर्न (कमाउँदैनन्), आपूm केही पनि लिँदैनन् र दिन्छन् मात्रै । तिनीहरू स्तुत्य छन् र हामीले त्यस्ता व्यक्ति र संस्थाहरूबाट उदात्त भावना, दानको भावना, परोपकारको भावना सिक्नु पर्दछ । लक्ष्मीप्रसाद देवकोटाले लेख्नुभयो, ‘खोज्छन् सबै सुख भनी, सुख त्यो कहाँ छ रु’ उत्तर पनि उहाँले दिनुभयो, ‘आपूm मिटाई अरूलाई दिनु जहाँ छ ।’ परोपकारी भावना भनेको त्यो हो, आपूm मिटाई अरूलाई दिनु जहाँ छ । हामीले समाजसेवाका नाममा के कति त्याग ग¥यौँ, महìवपूर्ण कुरा त्यो हो ।
यतिबेला म गैरसरकारी मात्रै होइन, सरकारी, गैरसरकारीभन्दा पनि एक ढङ्गले भन्ने हो भने बाहिर वैयक्तिक ढङ्गले वा विल्कुल मानवीय भावनाका साथ, सङ्गठित समूहले अथवा त्यो एउटा भावनामा आबद्ध समूहले जुन सेवा समाजमा पु¥याइरहेका छन्, त्यस्ता व्यक्ति र संस्थाहरूको मुक्तकण्ठले प्रशंसा गर्न चाहन्छु ।
समाजमा गरिबी हटाउने काम सरकारको हो । जनतालाई मौलिक अधिकार उपलब्ध गराउने काम सरकारको हो । त्यसको चाँजोपाँजो मिलाउने काम सरकारको हो । सर्वे भवन्तु सुखिनः सबै सुखी हुन्, सबै निर्भय हुन् । यो परिस्थिति निर्माण गर्ने काम सरकारको हो तर सरकारको कहीँ दृष्टि नपुगेर, कहीँ त्यतापट्टि ध्यान नदिएर होला वा कहीँ क्षमता नपुगेर सरकारले गर्न नसकिरहेका स्थानहरूमा, ध्यान पुग्न नसकेका स्थानहरूमा वा सामथ्र्यले नभ्याइरहेको ठाउँमा यस्ता समूह, यस्ता व्यक्तिहरू अगाडि सरेर आफ्नो ठाउँबाट योगदान गर्नुभएको छ । सरकारको कामलाई आपूmले जिम्मा लिएर, आफ्नो काँधमा लिएर सजिलो बन९ाइदिनुभएको छ । यस्ता संस्थाहरूमा मानव सेवा आश्रमजस्ता संस्थाहरू अहिले क्रियाशील छन् । अरू संस्थाहरू आमाघर जस्ता संस्थाहरू, अरू बालबालिकालाई हेर्ने जस्ता संस्थाहरू क्रियाशील छन् तर सरकारबाट सञ्चालित संस्थाहरूको सेवा भावना, परोपकारी भावनाका साथ गरेको अनुभव हुँदैन । त्यसकारण आज यस्ता संस्थाको आवश्यकता छ । कोही समाजमा परित्यक्त, एचआईभी÷एड्स पीडित बालबालिकाहरू जो निर्दोष छन्, उनीहरूको कुनै दोष छैन तर उनीहरूले पीडा सहनु परेको छ, अपमान सहनु परेको छ । त्यस्ताहरू जो अपहेलित छन्, परित्यक्त छन्, त्यस्ताहरूलाई भेला गरेर आफ्नो सम्पत्ति खर्च गरेर सेवा पु¥याइरहेका छन् । त्यो मानवीय सेवा समाजसेवाको एउटा नमुना हो । कतिपयले आमाबाबुले परित्याग गरेका बालबालिका देख्न नसकेर, यसरी बालबालिका परित्यक्त हुनहुँदैन भनेर अभिभावकत्व दिएका छन् । तिनका लागि अभिभावकको भूमिका निर्वाह गरेका छन् । सहयोगापेक्षी मानवहरूको सेवामा जो निस्वार्थ ढङ्गले, कसैको कुनै सहयोगबिना सुरु गरेर अगाडि बढाएका छन्, त्यस्ता संस्थाहरूलाई सरकारले जानकारी पाएपछि त्यस्ता संस्थाहरूको प्रशंसा गरेको छ । त्यस्ता संस्थाहरूलाई सम्मान गरेको छ, त्यस्ता संस्थाहरूलाई सहयोग पु¥याएको छ । त्यो गच्छेअनुसार सरकारले सहयोग पु¥याएको छ र पु¥याउँदै पनि जानेछ । सरकारले गरेको यो कुरालाई म समाजसेवा ठान्दिनँ । अस्ति भर्खर मैले एसिड पीडित बालबालिका, नागरिकसँग भेटेँ र उहाँहरूको लगातार उपचारको प्रबन्ध, उहाँहरूको आम्दानीको प्रबन्ध र उहाँहरूको मनोबल कसरी उठाउन सकिन्छ, त्यस्को प्रबन्ध गर्ने प्रक्रिया अघि बढाएँ । यसका लागि सरकारले गम्भीरताका साथ सोचेको र यसका निम्ति कदम अगाडि बढाएको छ । यस्ता कुरा हुन नपाउन् भनेर कडा कानुन निर्माण गरिने र फेरि यस्ता अत्यन्तै अमानवीय र जघन्य अपराध हुन नपाऊन् भनेर हामीले काम गरेका छौँ । यो सरकारले गरेको समाजसेवा होइन, कर्तव्य पालना हो । समाजसेवा वास्तवमा त्यो हो, जो त्यस काममा अगाडिदेखि कुनै पारिश्रमिक लिएर होइन, एउटा नागरिकको हिसाबले सक्रिय छ । कसैले भनेर होइन, कसैले अह्राएर होइन, कसैको आदेशमा होइन वा कसैद्वारा पारिश्रमिक वा भत्ता पाएर होइन, कसैले मानवीय भावना जगाइदिएर होइन, सहयोगको भावना जगाइदिएर होइन । आफैँमा स्वतस्पूmर्त ढङ्गले वर्षौंदेखि सेवामा समर्पित छ, त्यो समाजसेवी हो । एसिड आक्रमणका पीडितहरूको सेवामा लागिराख्नु भएका साथीहरू छन् । त्यसलाई भनिन्छ समाजसेवा । हाम्रो परम्परामा समूहका लागि व्यक्तिले वा व्यक्तिहरू मिलेर व्यापक समुदायका लागि बाटाहरू बनाउने उहिले उहिले चलन थियो । आफैँ बाटाहरू खनिन्थे गाउँमा । बाटाहरूलाई पक्की बनाउनका लागि, नभत्किने बनाउनका लागि पर्खालहरू लगाइन्थे । बास बस्नका लागि पाटी पौवाहरू बनाइन्थे । शीतल ताप्न, विश्राम गर्न र बरपीपलको स्वच्छ हावामा शीतलतापूर्वक श्वास फेर्नका लागि, अक्सिजनमय श्वास फेर्नका लागि, चौतारा वा चौपारीहरू बनाइन्थे । यी समाजसेवाका कामहरू हुन् ।
आज यस दिवसले हामी सबैलाई वास्तविक समाजसेवा गर्न प्रेरणा प्रदान गरोस् । यस दिवसले समाजसेवा जागिर भए गर्ने, जागिर नभए नगर्ने होइन, आफ्नो अन्तस्करणबाट मानवीय भावनाका साथ गरिने सेवातर्फ हामी सबैलाई प्रवृत्त गरोस् ।
हाम्रा उहिलेदेखिका समाजसेवी परम्परा थिए । उहिले उहिले थुप्रै विद्यालय निःशुल्क थिए । दाताहरूबाट जमिन दिएर, त्यसको आम्दानीबाट सञ्चालन गरिन्थे । शिक्षकहरूले स्वयंसेवक भएर बालबालिकालाई पढाउँथे । गरिब बस्ती छ भने त्यहाँका बालबालिकाका अभिभावकहरूले शुल्क दिन सक्दैनथे । यत्तिकै पढाइदिने परम्परा थियो । तक्षशीलामा शुल्क थिएन र त्यहाँ गुरुहरूले शुल्क मिनाहा पनि गर्दथे र सक्नेहरूसँग गुरुदक्षिणा पनि लिन्थे । त्यहाँ समाजले दान गरेर त्यस्ता संस्थाहरू चल्थे । समाजले र राज्यले दान गरेर कतिपय त्यसबेलाका शासकहरू त्यस्ता विद्यालयहरू, विश्वविद्यालयहरूलाई अगाडि बढाउन मद्दत पु¥याउँथे । यो हाम्रो परम्परा हो । हामी सक्ने विद्यार्थीबाट शुल्क लिने, नसक्नेलाई निःशुल्क शिक्षा दिने परम्पराबाट आएका हौँ । हाम्रा अनेक यस्ता संस्थाहरू जो इतिहासका गौरवका रूपमा अङ्कित छन् । यस्ता संस्थाहरू दानदातव्यबाट चलेका थिए र अहिले पनि चलेका छन् । कतिपय गुठीहरू हामी हेर्न सक्छौँ । परोपकारका लागि मानिसले खोलेको संस्था, परोपकारी विद्यालय हामीसँग अस्तिसम्म चलेको थियो । अहिले पनि केही चलिराखेका छन् । यो परम्परा नालान्दा विश्वविद्यालयमा पनि चलेको थियो । त्यहाँ दान गरिएका नौ लाख पुस्तक थिए । मान्छेहरू खोजीखोजीकन पुस्तकहरू त्यहाँ राख्थे । त्यो सबैको साझा सम्पत्ति हुनसक्छ । सबैले ज्ञान आर्जन गर्न सक्छन् भनेर नालान्दामा नौ लाख पुस्तक राखिएका थिए । यसरी दान, परोपकार, समाजको सेवा जस्ता कुरा हाम्रा रगतमा मिसिएका सभ्यताहरू हुन्, संस्कृतिहरू हुन् । यिनलाई अगाडि बढाऔँ, आजको दिनले हामीलाई प्रेरणा देओस् । यद्यपि हामीले केही वर्षभित्र समृद्धि हासिल गर्नेछौँ । अहिले हामीले भोगिरहेका समस्याहरू केही वर्षपछि भोग्नुपर्ने छैन । समाजलाई सकारात्मक दिशामा हामी गतिशील ढङ्गले अगाडि बढाउँदै छौँ । यिनै समस्या हामीले फेरि भोग्नु नपरोस् भनेर समाजसेवाका आवश्यकता, मानवीय भावनाको आवश्यकता, सहयोगी भावनाको आवश्यकता सधैँ परिरहन्छ । त्यसकारण यस दिशामा हामी अग्रसर भइरहन जरुरी छ ।
म सबै महानुभावमा आग्रह गर्न चाहन्छु कि, आजको यस ४१औँ सामाजिक सेवा दिवसले हामी सबैलाई प्रेरणा प्रदान गरोस् र हामी यस दिशामा आ–आफ्नो सामथ्र्य र गच्छेअनुसार योगदान गर्न अग्रसर होऔँ । यस कार्यक्रमको आयोजनाका लागि म आयोजक संस्थाहरू वा व्यक्तिहरू र सहभागी सबैलाई धन्यवाद भन्न चाहन्छु । मलाई यो अवसर दिनुभयो, यसका लागि पनि सबैलाई धन्यवाद भन्न चाहन्छु ।

(प्रधानमन्त्री केपी ओलीले २०७७ असोज ६ गते ४१औँ सामाजिक सेवा दिवसका अवसरमा दिएको विचार)