देउराली जनताद्धारा कोभिड १९ उपचारका लागि आवश्यक औषधि पहिलो पटक नेपालमा उत्पादन सुरु

Advertisement

काठमाडौं । औषधि उत्पादनमा अगुवा देउराली जनता फर्मास्युटिकल्स प्रा.लि.ले कोरोना भाइरस (कोभिड १९) उपचारका लागि आवश्यक औषधि पहिलो पटक नेपालमा उत्पादन सुरु गरेको छ । उद्योगले फाभिर २०० ट्याबलेटको उत्पादन सुरु गरेको हो । 

कोभिड १९ संक्रमण क्रमशस् बढ्दै जाने देखिएकोले यस कठिन परिस्थितिमा सो रोगको उपचारका लागि आवश्यक औषधिहरुमध्ये फाभिपिराविर ओरल ट्याब्लेट्स एन्टिभाइरल औषधिलाई विश्वका धेरै मुलुकहरुले कोभिड(१९ का बिरामीहरुमा परीक्षण पश्चात प्रयोग गरिरहेको भन्दै देउराली जनताले हालसम्म यो औषधि जापान, चीन, रसिया, अमेरिका, टर्कि, क्यानडा, भारत र बंगलादेश लगायत धेरै देशमा सरकारले कोभिड(१९ को उपचारका लागी अत्याबश्यक प्रयोग गर्न अनुमती प्रदान गरिसकेको जानकारी दिएको छ ।

Advertisement

कोभिड–१९ ले सम्पूर्ण मानवको स्वास्थ्य र अर्थतन्त्रमा नकारात्मक असर पारेको यस कठिन घडीमा बिगत तीन दशकदेखि नेपालमा औंषधि उत्पादन गर्दै आएको आफूले आफ्नो दायित्व बोधगरि कोभिड(१९ बाट संक्रमित ब्यक्तिलाई औषधि अभावको कारणले हतास हुन नपरोस भनेर यो औषधि उत्पादन सुरु गरेको उद्योगले जनाएको छ । 

सरकारबाट उत्पादनको अनुमति लिई नेपालमा नै पहिलोपटक फाभिर २०० ट्याबलेट सुरु गरिएको भन्दै देउराली जनताले कोभिड(१९ को उपचारका लागी क्लिनिकल अध्ययन प्रयोजनको लागि उपलब्ध गराउने गरि औषधि व्यवस्था बिभागबाट गत असोज ६ मा स्वीकृति प्राप्त भएको जानकारी दिएको छ । 

देउराली जनताले नेपाल स्वास्थ्य अनुसन्धान परिषदको तत्वावधानमा कोभिड–१९ को उपचारको लागि यस औषधिलाई अनुसन्धान गर्नको लागि क्लिनिकल स्टडिज गरि त्यसको प्रभावकारीताको समेत नेपालकै बिरामीमा अध्ययन गर्न सहकार्य गर्ने तैयारि समेत गरिरहेको जनाएको छ । कोभिड–१९ का बिरामीहरुको उपचार तथा प्रयोगको लागी चिकित्सकको सिफारिस र निगरानीमा मात्र अनुसन्धानार्थ सो औषधि उपलब्ध हुनेगरि औषधि व्यवस्था बिभागबाट स्वीकृति प्राप्त भएको जानकारी दिइएको छ । 

महामारीको यस बिषम परिस्थितिमा फाभिर २०० नामक औषधिलाई  नेपाली जनताको उपयोगको लागि उपलब्ध गराउन स्वास्थ्य मन्त्रालय र औषधि व्यवस्था बिभाग तथा नेपाल स्वास्थ्य अनुसन्धान परिषदबाट माग वा निर्देशन भएमा कोभिड–१९ का बिरामीहरुको उपचारका लागी आबश्यक मात्रामा तुरुन्तै उपलब्ध गराउन आफू तयार रहेको देउराली जनताले स्पष्ट पारेको छ । 
 

Advertisement

Advertisement