उपत्यकाका ६६७ सहित ११७२ जना कोरोना संक्रमित थपिए, ७ जनाको मृत्यु

Advertisement

काठमाडौँ । एक हजार १ सय ७२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजित नियमित प्रेस ब्रिफिङ कार्यक्रम मार्फत उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । 

आज थपिएका सहित कोरोना संक्रमितको कूल संख्या ६७ हजार ८ सय ४ पुगेको छ । ती मध्ये हालसम्म ४९ हजार ९ सय ५४ जना कोरोना संक्रमण मुक्त भएका छन् । हाल १७ हजार ४ सय १४ जना सक्रिय संक्रमित रहेका छन् । आजैमात्र १ हजार ८ सय ९३ जना संक्रमण मुक्त भई घर फर्केका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । 

Advertisement

आज थपिएकाहरुमा काठमाडौँ उपत्यकाका ६ सय ६७ जना छन् । ती मध्ये काठमाडौँका ४९२ जना, भक्तपुरका ९५ जना र ललितपुरका ५० जना रहेको प्रवक्ता गौतमले जानकारी दिए । 

आजैमात्र कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ । आज ज्यान गुमाएकामा काठमाडौँ र बर्दियाका २–२ जना, ललितपुर, झापा र सिरहाका १–१ जना छन् । हालसम्म मृत्यु हुनेको संख्या ४ सय ३६ पुगेको मन्त्रालयले जनाएको छ ।  

Advertisement

Advertisement