एक कम्पनीको बोनस र अर्को कम्पनीको हकप्रद शेयर नेप्सेमा सूचीकृत, कस्को कति ?

Advertisement

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा १ कम्पनीको बोनस शेयर र अर्को १ कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । 

नेप्सेका अनुसार आज छ्याङ्दी हाइड्रोपावर लिमिटेडको १ लाख ३५ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । कम्पनीले शेयरधनीहरुलाई दिएको ५ प्रतिशत बोनस बापतको उक्त शेयर नेप्सेमा सूचीकृत भएको हो । 

Advertisement

त्यसैगरी एनएलजी इन्स्योरेन्स कम्पनीको ३८ लाख ४२ हजार ४ सय ३७.५० कित्ता हकप्रद शेयर आजै नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले शेयरधनीहरुलाई प्रदान गरेको ६० प्रतिशत हकप्रद बापतको उक्त शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । 

Advertisement

Advertisement