बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यको काम नगर्न सर्वाेच्चको आदेश

Advertisement

काठमाडौं । सर्वाेच्च अदालतले नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यका रुपमा काम नगर्न अन्तरिम आदेश जारी गरेको छ । 

न्यायाधीश  डा. आनन्दमोहन भट्टराईको एकल इजलासले गौतमलाई राष्ट्रिय सभा सदस्यका रुपमा काम गर्न नदिने अन्तरिम आदेश दिएको हो । 
सर्वाेच्चले असोज १४ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको छ । 

Advertisement

गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय बिरुद्ध अधिवक्ता दिनेश त्रिपाठीले गत सोमबार सर्वोच्चमा रिट दायर गरेका थिए । 

Advertisement

Advertisement