लोडसेडिङ हुने हल्लामा सत्यता छैनः प्राधिकरण

Advertisement

काठमाडौँ । विद्युत आपूर्तिमा आउने अवरोधलाई जोडेर अब लोडसेडिङ्ग हुन थाल्यो भन्‍ने जस्ता अफवाहमा कुनै सत्यता नरहेको नेपाल विद्युत् प्राधिकरणले स्पष्ट पारेको छ । 

प्राधिकरणले आज सूचना प्रकाशित गरी आम उपभोक्ताहरुमा थप भरपर्दो र नियमित विद्युत सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको प्रस्ट पारेको हो ।  

Advertisement

विद्युतको प्रशारण तथा वितरण संरचना जमिन माथि(ओभर हेड)बाट गएकोले प्रतिकुल मौसमका कारण कुनै कुनै स्थानमा विद्युतीय प्रणालीमा समस्या आउने गरेको प्राधिकरणले उल्लेख गरेको छ । 

नियमित रुपमा गर्नु पर्ने मर्मत संभार तथा प्रणाली सुधारको कार्य गर्नु पर्दा  विद्युत आपूर्ति बिच्छेद गर्नु पर्ने भएकोले यस्तो अबस्थामा विद्युत आपूर्तिमा निर्धारित समयसम्म अवरुद्ध हुने प्राधिकरणको भनाई छ ।  

Advertisement

Advertisement