यसअघि नै अन्तिम पटक भनेर नियुक्त भएका शिखरका सीईओ पाण्डे पुनः नियुक्त होलान ?

Advertisement

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी संचालक समितिले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दीपप्रकाश पाण्डेलाई निरन्तरता दिने निर्णय गरेको छ । बीमा समितिले यसअघि नै अन्तिम पटक भनेर सीईओ नियुक्ति गरे पनि कम्पनीलेे भने पुुुनः नियुक्तिको निर्णय गरेको हो । 

कम्पनी संचालक समितिको बैठकले केही दिन अघि पाण्डेलाई पुनः  प्रमुख कार्यकारी बनाउने निर्णय गरि स्वि्वीकृति   का लागि बीमा समितिमा पठाएको छ । समितिले यसलाई स्वीकृत गर्छ वा नयाँ व्यक्तिलाई नियुक्त गर्छ ? हेर्न बाँकी छ । यद्यपि बीमा क्षेत्रमा अनुभवी पाण्डे योग्य र क्षमतावान सीईओका रुपमा चिनिन्छन् । 

Advertisement

Advertisement

Advertisement