गरिवी निवारणका लागि सहकारीको भूमिका बढाउनु पर्छः सचिव पाण्डे

Advertisement

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव टेक नारायण पाण्डेले नेपालको समृद्धिका लागि सहकारी क्षेत्रको बढाउन सबै क्षेत्रको सक्रियता आवश्यक रहेको बताएका छन् । 

नेटवर्क फर डेभलपमेण्ट अफ एग्रीकल्चर कोपअरेटिभस इन एशिया (नेडाक) र राष्ट्रिय सहकारी बैंक लिमिटेडले बुधवार संयुक्त रुपमा आयोजना गरेको एप्रेजल अफ प्रोजेक्ट प्रोपजल्स फर फाइनान्सिङ बाई ल्याण्डिङ इन्स्टीच्यूसन सम्बन्धी प्रोजेक्ट  एप्रेजल फर फाइनान्सिङ कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।      

Advertisement

सचिव पाण्डेले नेपालको आर्थिक विकास र सामाजिक रुपान्तरणमा सहकारीको भूमिकाका बारेमा जानकारी गराउदै सहकारी क्षेत्रको दीगो विकास र गरिवी निवारणका लागि राज्य र सहकारीबीच समन्वयकारी भूमिकामा जोड दिएका थिए । 

कृषि लगायत उत्पादनका क्षेत्रमा सहकारीको योगदान बढाउन तथा वित्तीय अनुशासनको पालना गरी विपन्न वर्गका जनताको जीवनस्तर माथि उठाउने गरी सहकारी क्षेत्रका पुँजि परिचालनका लागि सहकारी क्षेत्रको ध्यान जानुपर्छ सचिव पाण्डेले भने–सहकारीमार्फत गरिवी न्यूनिकरणका लागि सहकारीको सञ्चालन प्रक्रियालाई प्रभावकारी बनाउन आवश्यक छ ।

कोरोना महामारीका कारण नेपालका सहकारी संघ संस्थाहरुको कर्जा कारोबारमा देखिएका चुनौतीहरु र समाधानका विषयमा समिक्षा तथा जानकारी गराउर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो । नेडाकका अध्यक्ष सन्दीप नायकले नेडाकको बारेमा जानकारी दिनु भएको थियो । थियो उहाँले राष्ट्रिय सहकारी बैंकसंगको सहकार्यलाई निरन्तरता दिदै सहकारी क्षेत्रमा देखिएका समस्या समाधान र सहकारीको उपलब्धी बढाउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।    

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष तथा नेडाकका उपाध्यक्ष केबी उप्रेतीले कोरोना संकटका बीच पनि सहकारी क्षेत्रले वित्तीय, सेवा तथा उत्पादन क्षेत्रमा गरेको योगदान प्रभावकारी रहेको बताए । वित्तीय क्षेत्रमा देखिएको संकटसंगै कर्जा परिचालनमा चुनौती थपिएको भन्दै उप्रेतीले वित्तीय क्षेत्रमा देखिएका समस्याको पहिचान गरी समाधानका लागि सहकारी र राज्यका बीचको समन्वय आवश्यक रहेको बताए । उप्रेतीले नेपालमा देखिएको समस्या समाधानका लागि तालिममा सहकार्य गरेको भन्दै नेडाकलाई धन्यवाद ज्ञापन गरेका थिए । 

तालिममा लिनाकका कन्सल्ट्याण्ट आश्विनी कुमारले प्रोजेक्स फर्मुलेशन प्रोसेस, लिनाकका सल्लाहकार एस के टकरले टेक्निकल कमर्सियल एण्ड अर्गनाइजेशनल अप्राइजल टेक्निक, परशुराम कुँवरले प्रोसेस डकुमेन्टेशन एज पर ल इन नेपाल र नेडाकका प्रिति गर्गले फाइनान्सियल एप्राइजल टेक्निक्स विषयमा प्रस्तुतीकरण गरेका थिए । 

राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले सञ्चालन गरेको कार्यक्रममा राष्ट्रिय सहकारी विकास बोर्डका पदाधिकारीहरु, सहकारी विभागका अधिकृतहरु, बैंकका सञ्चालक तथा लेखा समितिका पदाधिकारी सदस्यहरु, शाखा समन्वय उपसमितिका पदाधिकारीहरु, विभिन्न सहकारी संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, बैंकका कर्मचारीहरुको सहभागिता रहेको थियो । 
 

Advertisement

Advertisement