गोर्खाज फाइनान्सको एजीएम कात्तिक ५ गते, बुक क्लोज कहिले ?

Advertisement

काठमाडौँ । गोर्खाज फाइनान्सको २५ औँ वार्षिक साधारण सभा(एजीएम) कात्तिक ५ गते हुने भएको छ । 

बुधबार बसेको सञ्चालक समितिको बैठकले होटल क्राउन इम्पेरियल सोल्टीमोडमा बिहान ११ बजे भिडियो कन्फरेन्स मार्फत वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । 

Advertisement

कम्पनीले यस पटक नगद लाभांश, बोनस शेयर र हकप्रद शेयर केही पनि प्रस्ताव नगरेको कम्पनी सचिव मुकन्द श्रेष्ठले जनाएका छन् । साधारण सभा प्रयोजनका लागि असोज १८ गतेदेखि कात्तिक ५ गतेसम्म शेयर दाखिला खारेज बन्द(बुक क्लोज) गर्ने निर्णय गरिएको कम्पनी सचिव श्रेष्ठले बताए । 

कम्पनीको हाल कायम चुक्ता पूँजी ८६ करोड ७९ लाख रुपियाँ रहेको छ । 
 

Advertisement

Advertisement