तिनाउ नदी तटका बासिन्दालाई सुरक्षित स्थानमा राख्न सुरु

Advertisement

काठमाडौं । रुपन्देहीको तिनाउ नदीमा पानीको बहाव खतराको स्तरमा पुगेको छ । पानीको बहाब बढेसँगै नदि आसपासका क्षेत्रमा कटान सुरु भएको छ । 

जल तथा मौसम विभागले तिनाउमा पानीको सतह खतराको तहमा पुगेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन भनेको छ । तिनाउमा आएको बाढीले बुटवल–११ बुद्धनगर, माझगाउँ, मझुवा एवं वडा नम्बर १७ का केही भागमा कटान थालेको स्थानीयको भनाई छ । 

Advertisement

नदीले बिहान ५ बजेदेखि सतर्कताको तह पार गरेको हो । ५.२ सतर्कताको तह रहेको तिनाउ नदीमा बिहानदेखि ५.७१ पुगेको बाढी मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सतर्कताको तह नाघेर खतराको तहमा पुगेपछि पाल्पाको तिनाउ गाउँपालिका दोभानमा रहेको बाढी पूर्व सूचना प्रणालीले निरन्तर साइरन बजाएको छ । साइरन बजेलगत्तै बुटवल उपमहानगरले नदी छेउका बासिन्दालाई सुरक्षित हुन सूचना प्रवाह गरेको छ ।

Advertisement

Advertisement