भारतीय दूतावासबाट अर्थसचिव ढुँगानाले बुझे रु. एक अर्ब ५४ करोडको चेक

Advertisement

काठमाडौं । नेपालमा भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले नेपाललाई एक अर्ब ५४ करोड रुपियाँको चेक उपलब्ध गराएको छ । भारतीय दूतावासकी उप–प्रमुख नामग्य खम्पाले अर्थसचिव शिशिरकुमार ढुँगानालाई मंगलबार उक्त रकमको चेक हस्तान्तरण गरेकी हुन् । 

भारत सरकारले आवास तथा विद्यालय पुनर्निर्माणका लागि गरेको प्रतिबद्धता अनुरुप एक अर्ब ५४ करोड रुपियाँ (भारु ९६ करोड) बराबरको चेक हस्तान्तरण गरिएको दूतावासले जनाएको छ । यस परियोजनाअन्तर्गत भारतले १५० मिलियन अमेरिकी डलर अनुदान सहायता नेपाललाई उपलब्ध गराउने प्रतिबद्धता गरेको थियो । 

Advertisement

यस चेक हस्तान्तरणसँगै भारतले आवास क्षेत्रको पुनर्निर्माणका लागि नेपाललाई अनुदान सहायताको ७२ मिलियन अमेरिकी डलर उपलब्ध गराइसकेको छ । भारतले गोरखा र नुवाकोटका ५० हजार निजी आवास पुनर्निर्माणका लागि गरेको प्रतिबद्धता मध्ये ९२ प्रतिशत घरधुरीको निर्माण सम्पन्न भइसकेको जनाइएको छ । 

Advertisement

Advertisement