एक हजार ४ सय ९७ जना कोरोना संक्रमित थपिए, १७ जनाको मृत्यु

Advertisement

काठमाडौँ । एक हजार ४ सय ९७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज नियमित प्रेस ब्रिफिङ कार्यक्रम मार्फत उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । 

आज थपिएकासहित कोरोना संक्रमितको कूल संख्या ६९ हजार ३ सय १ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । ती मध्ये हालसम्म ५० हजार ४ सय ११ जना कोरोनामुक्त भएका छन् । आजैमात्रै ४ सय ५७ जना घर फर्केको प्रवक्ता गौतमले जानकारी दिए । हाल देशभर सक्रिया संक्रमितको संख्या १८ हजार ४ सय ३७ छ । 

Advertisement

कोरोना संक्रमणका कारण आज सबैभन्दा बढी एकै दिन १७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म मृत्यु हुनेको कूल संख्या ४ सय ५३ पुगेको छ । 

आज थपिएका कोरोना संक्रमित मध्ये ७ सय ५५ जना काठमाडौँ उपत्यकाका छन् । ती मध्ये काठमाडौँका ६०९ जना, ललितपुरका ९५ जना र भक्तपुरका ५१ जना छन् ।  

Advertisement

Advertisement