ई-पासपोर्टका लागि फेरि टेण्डर आव्हान, एजेन्टहरुबीच अस्वस्थ प्रतिस्पर्धा जारी रहने संकेत

Advertisement

काठमाडौं । सरकारले विद्युतीय राहदानी (ई-पासपोर्ट)का लागि फेरि टेण्डर आव्हान गरेको छ । यसअघि दुई पटकसम्म टेण्डर राजनीति चलखेल, एजेन्टहरुबीचको अस्वस्थ प्रतिस्पर्धा, कमिशनको चक्करका कारण रद्द गरेको राहदानी विभागले तेस्रो पटक पुनः अन्तर्राष्ट्रिय टेण्डर आव्हान गरेको हो । 

विभागले यसअघि परेका बोलपत्रमा प्रस्ताव गरिएअनुसार कागजात नपुगेको र सार्वजनिक खरिद ऐनअनुसारको प्रक्रिया नदेखिएको जस्ता तर्क गर्दै स्थगित गरेको थियो । यस पटक बोलपत्र सुचनामा परिमार्जनसहित आव्हान गरिएको छ । 

Advertisement

पहिलो बोलपत्रमा १५ अन्तर्राष्ट्रिय कम्पनीले आवेदन दर्ता गरेकोमा यसअघिको बोलपत्रमा जम्मा चार वटाले मात्रै गरेका थिए । नयाँ टेण्डरमा २० लाख प्रति ई–पासपोर्ट छाप्ने शर्तसहित असोज २० गतेसम्म प्रस्ताव पेश गर्नुपर्ने शर्त तोकिएको छ । नयाँ टेण्डरमा पनि एजेन्टहरुबीचको चलखेल जारी रहने अडकल गरिएको छ । सुरक्षण मुद्रण खरीददेखि ई—पासपोर्ट छपाईसम्म स्वदेशी तथा विदेशी एजेन्टहरु निकै सक्रिय रहँदै आएका छन् । 

Advertisement

Advertisement