सुनचाँदीको मूल्य फेरि बढ्यो, तोलाको कति पुग्यो ?

Advertisement

काठमाडौँ । तीन दिनदेखि लगातार ओरालो लागेको सुनचाँदीको मूल्य आज भने उकालो लागेको छ । आज सुनको मूल्य प्रतितोला ८ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला ४० रुपियाँ बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय रुपियाँ, तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ६० रुपियाँ निर्धारण गरिएको छ । 

Advertisement

हिजो भने छापावाल सुन प्रतितोला ९३ हजार १ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९२ हजार ६ सय रुपियाँ र चाँदी प्रतितोला १ हजार १ सय २० रुपियाँमा कारोबार भएको थियो ।  निर्धारण गरिएको छ । 

त्यस्तै बुधबार भने छापावाल सुन प्रतितोला ९४ हजार ३ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९३ हजार ८ सय रुपियाँ र चाँदी प्रतितोला १ हजार १ सय ९० रुपियाँमा कारोबार भएको थियो । 

साताको पहिलो दिन स्थिर र दोश्रो दिन सोमबार प्रतितोला २ सय रुपियाँ बढेको सुनको मूल्य मंगलबारबाट भने ओरालो लाग्न थालेको थियो । 

मंगलबार प्रतितोला १ हजार ७ सय रुपियाँ र बुधबार तथा विहीबार प्रतितोला १२–१२ सय रुपियाँ घटेको थियो । 

केही दिनदेखि ओरालो लागको सुनको मूल्य विश्व बजारमा पुन उकालो चढ्न लागेकाले त्यसैको प्रभाव नेपाली बजारमा परेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement