पोखरा नुडल्सको कोरियन स्वादको हटपट चाउचाउ बजारमा

Advertisement

काठमाडौँ । पोखरा नुडल्स प्रालिले फरक स्वादको हटपट चाउचाउ बजारमा ल्याएको छ । लामो समयको अनुसन्धान पछि पोखरा नुडल्सले फरक स्वादको हटपट चाउचाउ बजारमा ल्याएको हो । उपभोक्ताको रोजाइलाई मध्य नजर गर्दै अन्र्तराष्ट्रिय स्तरको हटपट सिरिजका ब्राण्डहरुको पहिलो प्रस्तुति बजारमा भित्र्याइएको सो कम्पनीले जनाएको छ ।

अथेन्टिक कोरियन चाउचाउको स्वाद बढी रुचाइएकोले नेपाली बजारमा पहिलो पटक नेपाली र अथेन्टिक कोरियन स्वादको समिश्रणको रुपमा हटपट चाउचाउ (रामेन) बनेको पोखरा नुडल्स प्रालिका अध्यक्ष श्रीराम पाण्डेले बताए । अध्यक्ष पाण्डेले भने, करिव ढेड वर्षको अनुसन्धानपछि यो चाउचाउ बजारमा ल्याएका छौं । कम्पनीले हाल दुई संस्करणमा हटपट चाउचाउ बजारमा ल्याएको छ ।

Advertisement

पहिलो ( हटपट चिकन गोरमेट स्पाइसी सुपी नुडल्स  हो । जुन झोल बनाएर खाने सुपी नुडल्सका रुपमा लिइन्छ । यो खासै पिरो छैन ।  त्यसैले सबै उमेरका ब्यक्तिहरुलाई यो सुहाँउदो छ । यसमा सिजनिङ पाउडर सँगसँगै ड्राइ भेजिटेवलको प्याकेट हुन्छ ।

दोस्रो ( हटपट टु एक्स स्पाइसी हो । जुन पकाएको पानी फ्याँकेर चाउचाउलाई सुख्खा बनाइ स्पाइसि पेष्ट एवम रोस्टेड फ्लेक्स मोलेर खाने गरिन्छ । टु एक्स स्पाइसी मिठो साथै अलि पिरो मन पराउनेहरुका लागि बनेको हो । दुई थरीकै हटपट प्रति प्याकेट सय ग्राम छ भने उपभोक्ता मुल्य प्रति प्याकेट ५० रुपैयाँ कायम गरिएको छ ।

हटपट सिरिज अन्र्तगत अहिले गोरमेट स्पाइसी चिकेन र टु एक्स स्पाएसी ल्याएकोमा अबको एक महिनामा गोरमेट स्पाइसी भेजिटेवल ल्याउने तयारी कम्पनीले गरेको छ । गोरमेट स्पाइसी भेजिटेवल शाकाहारीका लागि हो । तर यसको स्वाद पनि सबै खालका ग्राहकहरुले मनपराउने विश्वास कम्पनीको छ ।

यसै आर्थिक वर्ष भित्र अरुपनि थप नया फ्ल्वेरमा हटपट सिरिजका अन्य उत्पादनहरु ल्याउने गरी प्रडक्ट डेभलपमेन्टको काम भइरहेको  कम्पनीले बताएको छ । यसरी विभिन्न स्वादका तयार भएपछि अन्र्तराष्ट्रिय बजारमा निर्यात गर्ने योजनापनि भएको अध्यक्ष पाण्डेले बताए ।

सफ्ट लञ्चिङको पहिलो चरणमा पोखराको बजारमा सार्वजनिक गरी डिपार्टमेन्टल स्टोर एवम् किराना पसलहरुमा यो चाउचाउ उपलब्ध गराईएको छ ।  काठमाडौं उपत्यकाको हकमा भने भाटभटेनी, विगमार्ट, डेलि ग्रोसरी, स्तुती मार्ट लगायत अन्य स्ािंगल आउटलेट मार्ट हरुमा पनि गएर किन्न सकिन्छ। साथै अनलाइनमा दराज डटकम, ग्यापु डटकम आदि बाट समेत किन्न सकिन्छ । 

लक डाउनले गर्दा काठमाडौ उपत्यकाका सबै क्षेत्रमा यो चाउचाउ पुर््याउन सकिएको छैन, तर अब दशैं भन्दा अगाडि सहजै सबै क्षेत्रमा किन्न पाइने गरी बजार बिस्तार गरिरहेको कम्पनीले बताएको छ । उपत्यकाका साथै देशका विभिन्न स्थानमा पनि चाउचाउ पुर्याउने तयारी भइरहेको छ ।
 
पूर्व मिस नेपाल श्रृखला खतिवडा ब्राण्ड एम्बेस्डर 

यसै विषयमा कम्पनीले हटपट नुडल्स सिरिज सबै उत्पादनहरुको लागि पूर्व मिस नेपाल श्रृखला खतिवडालाई अनुवन्ध गरेको छ । एक त उहा सबै उमेर र क्षेत्रका नेपालीहरुको माझमा लोकप्रिय हुनुहुन्छ र  अर्को यी उत्पादनहरु भविष्यमा नेपाल बाहिर पनि निर्यात गर्ने योजना भएकाले हामीलाई अन्र्तराष्ट्रिय स्तरमा पहिचान बनाएका नेपाली हुँदा राम्रो हुन्छ भन्ने लागेर उहा¤लाई छानेका हौं, अध्यक्ष पाण्डेले भने ।  

पोखरा नुडल्सको बारेमा
पोखरा नुडल्ड प्रालि २०४८ सालमा दर्ता भएको हो । पोखरामा अवस्थित यस उद्योग आफ्नो उत्पादन भने २०५१÷५२ सालबाट उत्पादन शुरु गरेको हो । नेपाली बजारमा चाउचाउको अनुभवी टिम पोखरा नुडल्ससँग छ । रम्बा, बोनस, जोजो यस नुडल्सका चर्चित चाउचाउ ब्राण्ड हुन् । 

Advertisement

Advertisement