सांग्रिला डेभलपमेन्ट बैंकका ऋणीहरूलाई ब्याज रकममा १२% प्रतिशत छुट

Advertisement

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले कोभिड १९ महामारीबाट परेको असरको मूल्यांकन गर्दै आफ्ना ऋणी ग्राहकहरुका लागि बुझाउन बाँकी असोज मसान्त सम्मको ब्याज रकममा १२% आकर्षक छुटको योजना ल्याएको छ । 

बैंकका ऋणी ग्राहकहरूले २०७७ असोज मसान्तसम्ममा चुक्ता भुक्तान गर्न बाँकी रहेको  सम्पूर्ण साँवा र ब्याज रकम आश्विन मसान्तसम्म भुक्तानी गर्नुभएमा भुक्तानी गरिएको ब्याज रकममा १२ प्रतिशत सहुलियत स्वरुप छुट हुने जनाएको छ । ग्राहकहरुलाई व्याज रकममा छुट गरिंदा २०७७ असार मसान्त सम्मको यस डेभलपमेन्ट बैंकको आधार दर भन्दा कम नहुने गरी छुट दिईने बैंकले जनाएका छन् ।  

Advertisement

उक्त माथि उल्लेखित व्याज रकममा दिइएको छुट शेयर कर्जा, मुद्दती निक्षेप धितोमा दिइएको कर्जा, तथा लघुवित्त बित्तीय संस्था लिमिटेडको नाममा दिइएको थोक कर्जामा लागु नहुने बैंकद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ । बैंकले ब्याज रकममा प्रदान गर्ने छुटले हाम्रा ऋणी ग्राहकहरुलाई हालको यस्तो विषम परिस्थितिमा केही सहयोग पुग्ने विषयमा बैंक विश्वस्त रहेको छ ।

Advertisement

Advertisement