टाटा मोटर्सको दशैं अफरः प्यासेन्जर गाडीमा रु चार लाखसम्मको नगद छुट

Advertisement

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको अधिकारिक बितरक सिप्रदी ट्रेडिङ प्रा. लि. ले विजया दशमी २०७७ को अवसरमा नयाँ गाडी खरिदकर्ताहरुलाई टाटा मोटर्स दशंै अफर सार्वजनिक गरेको छ । 

उक्त योजना अन्तर्गत टाटा प्यासेन्जर गाडीहरुको खरिदमा रु चार लाखसम्मको आकर्षक नगद छुट, निःशुल्क एक वर्षको सवारी कर, प्रत्येक गाडीको मुल्याङ्कनमा सरप्राइज गिफ्ट, प्रत्येक टेस्ट ड्राईभमा आकर्षक उपहार तथा जुनसुकै गाडीको एक्सचेन्जमा रु ५० हजार सम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सकिनेछ  ।  

Advertisement

बडादशैंको शुभ अवसरमा ग्राहकहरुले टाटा मोटर्सको जुनसुकै सोरुममा गएर नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु टाटा एच फाईभ, नेक्सन, टियागो, टिगोर र अल्ट्रोज लगायतका गाडीहरु अवलोकन, टेष्ट ड्राइभ तथा खरिद गरि यो योजनाको भरपुर फाईदा उठाउन सकिने कम्पनीले जानकारी दिएको छ । 

Advertisement

Advertisement