डा महतको नयाँ पुस्तक बजारमा, समाजवादीदेखि साम्यवादी अर्थराजनीतिसम्मको चर्चा

Advertisement

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेपाली काँग्रेसका नेता डा रामशरण महतद्वारा लिखित ‘नेपालको अर्थराजनीतिःपरीक्षण, कम्पन र आशा’ पुस्तक प्रकाशित भएको छ । केही महिनाअघि सार्वजनिक गरिएको डा. महतको ‘ट्रियल्स, ट्रेमोर्स एण्ड होपः पोलिटिकल इकोनोमी अफ कन्टेम्पोररी नेपाल’ नामक अङ्ग्रेजी पुस्तकलाई नेपाली भाषामा प्रकाशित गरिएको हो । पत्रकार गजेन्द्र विष्टले उक्त पुस्तकलाई नेपालीमा अनुवाद गरेका हुन् ।     
     
यस पुस्तकको अङ्ग्रेजी संस्करणलाई भारतको एड्रोइट पब्लिसर्सले प्रकाशनमा ल्याएको थियो । पुस्तकमा विभिन्न १२ वटा अध्याय समावेश गरिएको छ । समाजवादी दृष्टिकोणको उत्पत्ति, बदलिँदो विश्व परिस्थितिमा यसको विकास र आधुनिक विश्वका विभिन्न प्रजातान्त्रिक तथा साम्यवादी मुलुकमा अवलम्बन गरिएका विभिन्न पक्षका बारेमा पुस्तकमा चर्चा गरिएको छ । पुस्तकमा नेपालको समकालीन अर्थराजनीतिका विविध पक्षहरुको यथार्थ र तथ्यका आधारमा समीक्षा एवं विश्लेषण गर्ने प्रयास गरिएको छ । विगतका विभिन्न राजनीतिक परीक्षण तथा अन्य घट्नाक्रमलाई पनि समेटिएको छ । 
 

Advertisement

Advertisement

Advertisement