एनआरएनए कतारले समस्यामा परेका ३० जनालाई हवाई टिकट सहयोग गरी स्वदेश फर्कायो

Advertisement

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारले अहिलेसम्म समस्यामा परेका ३० जना नेपालीलाई स्वदेश फर्किन निःशुल्क हवाई टिकट उपलब्ध गराएको छ । पछिल्लो समयमा थप सातजनासहित कुल ३० जनालाई निःशुल्क हवाइ टिकट उपलब्ध गराएको एनआरएनए कतारका अध्यक्ष मोहमद मुक्तदा मुसलमानले बताए । 

समस्यामा परेर हवाई टिकट व्यवस्थापन गर्न नसकेका तर तुरन्त घर फर्किनु पर्ने समस्या भएका थप सात जना पीडित नेपाली श्रमिकहरुलाई हवाई टिकट सहयोग गरिएको भन्दै उनले कतारस्थित नेपाली दूतावास, एनआरएनए कतार र नेपाली व्यवसायी संघ कतार मिलेर पहिलो चरणमा ५५ जनासम्मलाई यस्तो टिकट उपलब्ध गराउने योजना रहेको बताए । 

Advertisement

जसअनुसार शुक्रबार मानसिक सन्तुलन गुमाएको धनुषाका बिनोद महरा, दुबै मृगौला गुमाएका सर्लाहीका हसामुद्दीन लेहेरीका साथै सुनसरीका सद्दाम खान, सिरहाका जितेन्द्र कामती, तेह्रथुमका अमृता कान्दङ्वा, सर्लाहीका रामबाबु टमाटा र खोटाङका आशकुमार राईलाई हवाई टिकट उपलब्ध गराई नेपाल पठाइएको छ । 

Advertisement

Advertisement