एआई ट्रिपल म्याक्रो क्यामेराको साथमा भिभो वाई२० दराजमार्फत नेपाली बजारमा, मूल्य भने सस्तो

Advertisement

काठमाडौं । विश्वव्यापी स्मार्टफोन ब्राण्ड, भिभोले आफ्नो नयाँ स्मार्टफोन भिभो वाई२० नेपाली बजारमा ल्याएको छ । भिभोले यो मोवाइल दराज अनलाइन सपिङ एपमार्फत नेपालमा बिक्री सुरु गरेको हो । 

पाँच हजार एमएएच क्षमताको दीर्घकालिन ब्याट्रि रहेको वाई२०मा एआई (आर्टिफिसियल इन्टेलिजेन्स) ट्रिपल म्याक्रो क्यामेरा (१३एमपी+२एमपी+२एमपी), बोके क्यामरा र सेल्फी फिचरका साथै थुप्रै क्यामरा विशेषता रहेको छ । यी क्यामराहरुले जिन्दगीका पलहरुलाई पर्याप्तका साथ कैद गर्न सकिने कम्पनीको भनाई छ । 

Advertisement

वाई२०को मुख्य विशेषताको रुपमा रहेको वाई२०मा रहेको एआई पावर सेभिङ प्रविधिको टिकाउयुक्त ब्याट्रिबाट रिभर्स चार्जिङ पनि गर्न सकिन्छ । यसमा साईड–माउन्टेड फिन्गरप्रिन्ट स्क्यानर पनि रहेको, जुन विशेषताले फोन एक सेकेण्ड भन्दा पनि कममा अनलक गर्ने जनाइएको छ ।

युवा पुस्तालाई लक्षित गरिएको भिभोको वाई सिरिज यसको नवीन प्रविधि र रुचीपूर्ण डिजाईनका लागि लोकप्रिय रहेको भन्दै भिभोले यसले प्रविधिप्रेमी युवाहरुको दैनिक जीवनलाई समर्थन गर्ने जनाएको छ । ग्राहक केन्द्रित डिजाईन र नवीनताप्रति आफ्नो प्रतिबद्धता राख्दै, हालै सुरु गरिएको भिभो वाई२० हल्का वजन, पातलो र आकर्षक २.५ डी आकार रहेको एक स्मार्टफोन हो । 

यस फोनमा प्रयोगकर्ताहरुलाई सहजता प्रदान गर्ने साईड–माउन्टेड फिन्गरप्रिन्ट स्क्यानर फिचर रहेको छ जसले फोन अनलक गर्ने अनुभनलाई थप सहज बनाउँछ । थप सुरक्षाका लागी, प्रयोगकर्ताहरुले फिन्गरप्रिन्ट सेन्सर र मोडर्न फेस अनलक फिचर प्रयोग गर्न सक्नेछन् ।

यस स्मार्टफोनमा ६.१ इन्च हलो डिस्प्लेका साथ आई–प्रोटेक्सन विशेषता पनि रहेको भिभोको भनाई छ । प्रयोगकर्ताको आँखाको सुरक्षालाई ध्यानमा राख्दै तयार गरिएको स्क्रिनले चलचित्र हेर्ने र हाई डेफिनिसन गेमहरु खेल्ने अनुभवलाई पूर्णता प्रदान गर्ने जनाइएको छ ।

वाई२०मा शक्तिशाली क्वालकम् स्न्यापड्रागन प्रोसेसरको साथ ३जीवी र्याम्प र ६४ जीवी स्टोरेज स्पेस (२५६ जीवीसम्मको माइक्रो एसडी कार्ड क्षमता) रहेको छ । यसको मूल्य २० हजार ९९० कायम गरिएको छ । 

Advertisement

Advertisement