मन्त्रीहरुलाई प्रधानमन्त्रीको सन्देशः घर फर्कन तयार हुनुस्

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरुलाई घर फर्कन तयार हुनुस् भन्ने सन्देश दिएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले केहि मन्त्रीहरुलाई घर पठाउनुपर्ने अवस्था आएको र त्यसका लागि मनोवैज्ञानिक रुपले तयार हुन भनेका हुन् । उनले कुन कुन मन्त्रीलाई फिर्ता पठाउन लागिएको हो भन्नेबारे भने जानकारी दिएनन् । तर पार्टी भित्रको आन्तरिक विवाद समाधानका लागि केहि मन्त्रीहरुलाई घर पठाउनै पर्ने बाध्यतामा आफु पुगेको बताएका थिए । 

को को फर्कदैछन् घर ?
प्रधानमन्त्री ओलीले कुन कुन मन्त्रीलाई फिर्ता पठाउने भन्ने स्पष्ट नपारेपनि प्रचण्डसँग भने त्यसबारे सहमति गरिसकेको श्रोत बताउँछ । श्रोतका अनुसार स्वास्थ्य मन्त्री, खानेपानी मन्त्री, वन मन्त्री, खेलकुद मन्त्री, भूमि व्यवस्था तथा सहकारी मन्त्री, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, उर्जा मन्त्री, शिक्षा मन्त्री, सामान्य प्रशासन मन्त्रीलाई फिर्ता पठाउने तयारी भैरहेको छ । एक पछि अर्काे विवादास्पद निर्णयमा फस्दै गएका पर्यटन मन्त्री योगेश भट्टराईको पद पनि धरापमै रहेको बताइन्छ । 

मन्त्रिमण्डल पुनर्गठन हुने पक्का भएसँगै मन्त्री बन्नेहरुले पनि दौड थुप तिब्र बनाईसकेका छन् । सुरेन्द्र  पाण्डेले अर्थ बाहेकका मन्त्रालयमा नजाने स्पष्ट पारिसकेका छन् । त्यस बाहेक जनार्दशन शर्मा, बिरोध खतिवडा, कल्याणाी खड्का, देवेन्द्र पौडेल, पम्फा भुषाल, यज्ञराज सुनुवार, गणेश पहाडी, महेश बस्नेतले मन्त्री बन्न लबिङ गरिरहेका छन् । यसपाली केपी ओली, प्रचण्ड र माधव नेपाल समुहले निश्चित मापदण्डका आधारमा मन्त्री बनाउने निधो गरेका छन् । 
त्यस बाहेक तीनै जना राज्य मन्त्रीलाई पनि घर पठाउने तयारी छ । 

संबिधानमै २५ सदस्यिय मन्त्री मण्डल मात्रै बनाउने पाउने व्यवस्था अनुसार ओलीले केहि मन्त्रालय समेत फुटाएर मन्त्री थप्ने तयारी गरेका छन् । प्रधानमन्त्री ओलीले उद्योग, बाणिज्य तथा आपूर्ति, उर्जा, जलश्रोत तथा सिँचाई र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय फुटाउन सक्ने बताइन्छ । 

Advertisement

Advertisement

Advertisement