पर्यटन पुनरुत्थान कार्यदलको उद्घाटन, यस्ता छन् योजना र कार्यक्रम

Advertisement

काठमाडौं । कोभिड–१९ महामारीका सन्दर्भमा नेपालको पर्यटन पुनरुत्थानका लागि सकारात्मक, सक्रिय र परिणाममूखी भूमिका खेल्न भन्दै निजी क्षेत्रको पहलमा सार्वजनिक निजी साझेदारीको अवधारणा बमोजिम पर्यटन पुनरुत्थान टास्क फोर्स – नेपाल स्थापना गरिएको छ । 

विश्व पर्यटन दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले उक्त कार्यदलको उदघाटन गरेका हुन् । उचीत, उत्तरदायी, सुधारोन्मुख तथा रचनात्मक रुपमा पर्यटन क्षेत्रका नेतृत्वदायी भूमिकामा रहेका निर्णयकर्ता तथा नीति निर्माताहरुमाझ पर्यटनबारे बुझाई बढाउन, मुख्य सरोकारवाला निकायहरुबीच परिणाममुखी समन्वय स्थापना गराउन र देश भित्रका पर्यटन क्षेत्रका सरोकारवालाहरु तथा स्रोत बजारका टुर अपरेटर्स एवं सम्भाव्य पर्यटकहरुबीच विश्वसनीय तथा प्रभावकारी संचार गर्र्ने कार्यमा केन्द्रित रहने गरी यस कार्यदलले कार्यक्रम तथा गतिविधिहरु गर्ने जनाइएको छ । 

Advertisement

यसका साथै पर्यटनको दिगो तथा छिटो पुनरुत्थानका लागि नेपालमा भइरहेका राम्रा प्रयासहरु तथा आवश्यक तयारीमा सहयोग गर्ने र सकारात्मक सन्देश प्रवाह गर्न आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका कार्यक्रमहरु सम्बन्धित निकायहरुलार्ई सुझाउने एवं सीमित साधन र स्रोत भए पनि केही कार्यक्रमहरु आफै सन्चालन गर्नेछ । पहिचान गरिएका १० वटा च्यानलहरुबाट नेपालका प्रवद्र्धनात्मक तथा सकारात्मक सन्देशहरु नियमित रुपमा सम्प्रेषित गरिने योजना रहेको छ । 

बहुआयामिक उद्योगका रुपमा चिनिएको पर्यटन क्षेत्रको नेपालको समृद्धि यात्रामा उल्लेख्य भूमिका र योगदान रहेको भन्दै कार्यदलले विश्व पर्यटन परिषदको सन् २०१९ को तथ्यांक अनुसार नेपालको कुल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ६.७ प्रतिशत रहेको, करीब ११ लाख जनशक्तिका लागि पर्यटन क्षेत्रले रोजगारका अवसरहरु सिर्जना गरेको, विदेशी पर्यटकको खर्चबाट आर्जन हुने निर्यात आम्दानीमा ३०.८ प्रतिशतको योगदान रहेको, कोभिड–१९ महामारीले हाम्रो स्वास्थ्य र जनजीविकामा मात्रै हैन अर्थतन्त्रमा पनि ठूलो चुनौती थपेको, यस संकटको घडीमा सुुरक्षाका मापदण्ड अपनाउँदै पर्यटनका गतिविधि सुचारु हुँदा रोजगार र व्यवसाय पुनः सुचारु गर्न र पर्यटन पुनरत्थान हुन जाने औंल्याएको छ । 

प्राथमिक्ताहरु निर्धारण गरी तत्काल सक्रिय हुनुपर्ने टड्कारो आवश्यकतालाई मध्येनजर गर्दै परिणाममूखि कार्य–योजना र सरभाइभल, रिभाइभल, तथा थ्राइभलको स्पष्ट रणनीतिका आधारमा कार्यक्रम तथा गतिविधिहरु तय गरी त्यसमा सबै मुख्य सरोकारवालाहरुको प्रयासलाई जोड्दै छिटो भन्दा छिटो पर्यटन पुनरुत्थान गर्न लागिपर्ने कार्यदलले आफ्नो विज्ञप्तिमा बताएको छ । 

सोच बनेको केही दिन भित्रै पर्यटन पुनःसंचालनका लागि पर्यटन क्षेत्रको तैयारीका सन्दर्भमा सर्भेक्षण गर्ने, सुरक्षा मापदन्ड सम्बन्धि सूचना तथा जनचेतनाका सचित्र सामग्री तैयार पार्ने, विदेशका अन्य गन्तव्यहरुमा भइरहेका अभ्यासहरुका बारेमा तथ्य तथा सूचना संकलन गर्ने, आन्तरिक पर्यटन प्रवद्र्धनका लागि वातावरण बनाउने र प्रवद्र्धन गर्ने जस्ता कार्यहरु शुरु गरिसकेको यस कार्यदलले आगामी दिनमा आन्तरिक पर्यटनका लागि, सुरक्षा मापदन्ड पालना गर्न लगाउनका लागि, सरोकारवाल संस्थाहरुको भूमिका उत्सािहत बनाउनका लागि, स्रोत बजारको बुझाई र नेपालले गर्नुपर्ने थप तयारी जस्ता विषयहरुमा नियमित सम्वाद श्रृखंला सुचारु गर्ने बताउँदै कार्यदलले यस पहलका लागि एक छुट्टै वेभसाईट टीआरटीनेपाल डट कम पनि आजै सुचारु गरिएको छ ।  पर्यटन क्षेत्रमा देखिने कमीहरुलाई घटाउन र हटाउन यो कार्यदल पर्यटन पुनरुत्थान नहुन्जेल सक्रिय रहने जनाइएको छ । 

Advertisement

Advertisement