मन्त्रिपरिषद्को आकस्मिक बैठक बालुवाटारमा

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अहिले १२ बजेलाई आकस्मिक बैठक बोलाएका छन् । नियमित बैठक सोमबार मात्रै बस्ने गरेकोमा ओलीले आज १२ बजेलाई बैठक बोलाएका हुन् । 

बैठकका लागि मन्त्रीहरु बालुवाटारमा भेला हुने क्रम जारी रहेको प्रधानमन्त्रीका सहयोगीहरुले जनाएका छन् । मन्त्रिमण्डल पुर्नगठन गर्न लागेका ओलीले बोलाएको आकस्मिक बैठकलाई अर्थपूर्णरुपमा हेरिएको छ । 

Advertisement

ओलीले केही मन्त्रीहरुलाई बिदा गर्ने यसअघि नै संकेत गरिसकेका छन् । 

Advertisement

Advertisement