दुई बर्ष मन्त्री खाएकालाई हटाउने तयारी, बुहारी वा बर्षमान रोज्न ओलीको प्रचण्डलाई अफर

Advertisement

काठमाडौं । सत्तारुढ दल नेकपाभित्र मन्त्री हेरफेरको गृहकार्य अघि बढेको छ । नेकपा अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालबीच भएको प्रारम्भिक सहमतिअनुसार दुई बर्ष पुगेका अधिकांशलाई बिदा गरेर नयाँलाई अवसर प्रदान गरिने छ । 

तर, दुई नेताका खास खास मन्त्रीहरुलाई भने निरन्तरता दिइने छ । दुवै नेताले आफ्ना विश्वासपात्र मन्त्रीहरुलाई कायम राखेर बाँकीलाई हेरफेर गर्ने शर्तमा मन्त्रिमण्डल पुनर्गठनका लागि तयार भएका हुन् । 

Advertisement

एउटैले लामो समय मन्त्री खाँदा आफूहरु अवसरबाट बन्चित भएको भन्दै नेपालभित्रै असन्तुष्टि बढेर गएपछि मन्त्रीहरु हेरफेर गर्न लागिएको हो । स्रोतका अनुसार आफ्नी बुहारीसमेत रहेकी विना मगर र उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनलाई प्रचण्डले नहटाउन आग्रह गरेका छन् । 

मन्त्रालय हेरफेरका लागि आफू तयार भए पनि मन्त्रीबाटै उनीहरुलाई हटाउन प्रचण्ड अनिच्छुक देखिएका हुन् । तर, ओलीले भने दुवैमध्ये एक मात्रै रोज्न सल्लाह दिँदै दुवैलाई निरन्तरता दिँदा असन्तुष्टि बढ्न् तर्क गरेका छन् । 

यता ओली आफूले भने आफ्ना विश्वासपात्रका रुमपा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र ईश्वर पोखरेललाई कायमै राख्नेगरी बाँकीलाई हेरफेर गर्नसक्ने अडकल गरिएको छ । नेकपाकै नेताद्धय झलनाथ खनाल र माधव नेपाल मन्त्रीहरुको सेटै हटाएर नयाँ अनुहारहरु ल्याउनुपर्ने पक्षमा रहेका छन् ।

के कसरी मन्त्रिमण्डल पुनर्गठन गर्ने ? भन्ने सम्वन्धमा ओली र प्रचण्ड अझै छलफलमा छन् । हालका अधिकांशलाई हटाउन दुवै तयार भए पनि नयाँ को कोलाई भित्राउने ? भन्ने सम्वन्धमा भागबण्डा मिलाउन कठिनाई भएको जनाइएको छ । पुनर्गठनको हल्लासँगै मन्त्री बन्ने दौडधुपमा नेकपाका थुप्रै साँसदहरु लागेका छन् । 

चुनाव हारेका वामदेव गौतमलाई इच्छा नहुँदानहुँदै चर्को दबाबमा परेर राष्ट्रियसभा सदस्यमा मनोनित गरेका ओली उनलाई मन्त्रिमण्डलमा ल्याउन इच्छुक छैनन् । तर, बामदेव अर्थमन्त्रालय नै आफूलाई चाहिने र आफू मन्त्री भएपछि पुरक बजेट ल्याउने अडानमा रहेका छन् । वामदेवलाई मन्त्री बनाउन प्रचण्ड, झलनाथ र माधवले पनि ओलीलाई दबाब दिएका छन् । ओलीलाई वामदेव ठूलो समस्याको रुपमा तेर्सिएका छन् । 

Advertisement

Advertisement