कोरोनाको औषधि तयार , तर प्रयोग गर्ने अनुमति छैन्, यसो भन्छ विभाग

Advertisement

काठमाडौं । देउराली जनता फर्मास्युटिकल्सले नेपालमै पहिलो पटक कोभिड १९ का संक्रमितलाई प्रयोग गर्न मिल्ने फाभिर–२०० नामको औषधी उत्पादन थालेको छ । यो औषधीलाई अमेरिका, चिन र जापानमा त्यहाँको सरकारले रकम खर्चेर अनुसन्धान गरेको छ भने भारत र चीनमा प्रयोग र अनुसन्धान सगसँगै अघि बढिरहेको छ । नेपालमा भने औषधी व्यवस्था विभाग र स्वास्थ्य अनुसन्धान परिषदले अत्यावश्क प्रयोगका लागि अनुमति दिन मिल्ने कानुनी व्यवस्था नभएको बताउँदै आएको छ । यी दुबै सरकारी निकायले अनुसन्धान गर्नको लागि मात्र स्विकृति दिएका छन् । 

नोवेल कोरोना भाइरस पनि सार्स–कोभ–२ समुह अन्तर्गत  पर्ने भएकाले जापान, चिन, रसिया, भारत लगायतका धेरै मुलुकहरुले कोभिड १९ का बिरामीहरुमा परीक्षण पश्चात प्रयोग गरिरहेका छन् । कोरोना उपचारका लागि आवश्यक औषधिहरुमध्ये फाभिपिराभिर ओरल ट्याब्लेट नामको एन्टीभाइरल औषधीलाई जापान, चिन, रसिया, अमेरिका, टर्कि, क्यानडा, भारत र बंगलादेश लगायत धेरै देशमा सरकारले कोभिड(१९ को उपचारका लागी लाई अत्याबश्यक प्रयोग गर्न अनुमती प्रदान गरीसकेका छन् ।

देउराली जनता फर्मास्युनिटकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्माले विकसित देशहरुले समेत प्रयोगको अनुमति दिएको औषधी प्रयोगमा नेपालले अनिच्छा देखाएको बताए । 
उनका अनुसार यो औषधीले कोरोनाका विरामीलाई पुरै निको बनाउन अधिकतम १४ दिनको लागि १२२ ट्याबलेटको डोज आवश्यक खानुपर्छ । अझ संक्रमणको शुरुआती चरणमै यो औषधी सेवन गर्न सकिएमा थोरै दिनमा समेत रोग निको हुने विश्व मान्यताप्राप्त अनुसन्धानहरुको निस्कर्ष रहेको पनि उनी बताउँछन् । १४ दिनको डोजको १२ हजार रुपैयाँ मूल्य पर्ने पनि उनले बताए । 

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले औषधीको जनस्तरमा वितरण अघि क्लिनिकल ट्रायल गर्नुपर्ने र त्यसका लागि आवश्यक निःशुल्क औषधी दिनुपर्ने प्रस्ताव गरेको छ । कम्पनीले सो प्रस्तावलाई स्वीकार गर्दै १२ लाख मूल्य बराबरको औषधी निःशुल्क उपलब्ध गराउने पनि बताएको छ । विभाग र परिषदले क्लिनिक ट्रायलका लागि अनुसन्धान प्रोटोकल विकास गर्न समय लागेको भन्दै औषधीको प्रयोगमा रोक लगाईरहेका छन् । 

‘यो विश्वका धेरै देशहरुले प्रयोग गरिरहेको औषधी हो, नेपाल सरकारले पनि अत्याबश्यक प्रयोगको लागि स्विकृति दिनसकेमा धेरै बिरामीलाई शिघ्र निको भै रोगलाई धेरै हदसम्म नियन्त्रण गर्न सकिनेछ ।’, कार्यकारी निर्देशक शर्माले भने ।  कम्पनीले ६ महिनाको अथक प्रयासबाट फाभिर–२०० तयार पारिएको दावी पनि गरेको छ । 

औषधी व्यवस्था विभागका महानिर्देश नारायण प्रसाद ढकालले अध्ययनका लागि अनुमति दिएकोले बिक्रि वितरण गर्न नपाउने बताए । ‘उनीहरुलाई अध्ययन गर्न अनुमति दिएका हौं । अध्ययन नै नगरि कुनै पनि औषधी जहाँ पायो त्यहि बाढ्न त कहाँ पाइन्छ र ? त्यस्तो छुट  संसारमा कसैले पनि दिँदैन् । र औषधी व्यवस्था विभागले पनि दिँदैन् ।’, महानिर्देशक ढकालले भने । 

यसो भने महानिर्देशक ढकालले 
हामीले अनुमति दिएको बिषय के हो भनेर हेर्नुपर्छ । के गर्न मिल्छ ? के गर्न मिल्दैन भन्ने कुुरा त्यसमै स्पष्टताका साथ लेखिएको छ । अरु जवाफ हामीसँग नसोध्नु होला । उनीहरु के प्रचार गर्न खोजिरहेका छन् ? अर्थ न वर्थका कुरा गर्छन् । अनुमति दिएपछि प्रयोग गर्न नमिल्ने भन्ने होइन तर हामीले अनुसन्धानका लागि मात्रै अनुमति दिएका हौं । त्यो बाहेक अरु प्रयोजनका लागि उपयोग गर्न पाइँदैन् । लाइसेन्स दिँदा पनि चिठ्ठी सहित दिएका छौं । त्यसका सर्तहरु पालना गरिनुपर्छ । 

उनीहरुलाई अध्ययन गर्न अनुमति दिएका हौं । अध्ययन नै नगरि कुनै पनि औषधी जहाँ पायो त्यहि बाढ्न त कहाँ पाइन्छ र ? त्यस्तो छुट  संसारमा कसैले पनि दिँदैन् । र औषधी व्यवस्था विभागले पनि दिँदैन् । उहाँहरुले कुन प्रयोजनका लागि अनुमति पाउनु भएको हो ? त्यहि अनुसार काम गर्नुपर्छ । 

Advertisement

Advertisement

Advertisement