सानिमा बैंकको क्रेडिट कार्डका लागि अनलाईनबाटै आवेदन दिन मिल्ने

Advertisement

काठमाडौं । सानिमा बैंकले अनलाईनबाटै क्रेडिट कार्ड आवेदन दिन सक्ने व्यवस्था गरेको छ । ग्राहकहरुको सुविधा र सुरक्षालाई ध्यानमा राखी यस्तो व्यवस्था गरेको बैंकले जनाएको छ । 

ग्राहकहरुले क्रेडिट कार्ड आवेदन दिनका लागि बैंकको वेवसाइटमा गई ‘क्रेडिट कार्ड आवेदन’मा क्लिक गरी फारममा उल्लेखित आवश्यक विवरण भरी सरल रुपमा आवेदन दिन सकिन्छ । फारम भरेसँगै क्रेडिट कार्ड स्वीकृत भएकोबारे र कार्ड उपलब्ध गराइने समय सम्बन्धी जानकारी इमेल तथा फोनमार्फत् गराइने बैंकले जनाएको छ । 

Advertisement

क्रेडिट कार्ड आवेदनका लागि बैंकसम्म भौतिकरुपमा पुग्नु नपर्ने भएका कारण यो प्रक्रिया सरल, सुरक्षित हुनुका साथै समयको पनि बचत हुन्छ । यो सुविधा यही असोज ६ गतेदेखि सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । सानिमा बैंकको क्रेडिट कार्ड प्रयोग गरी अनलाइन सपिङ गर्दा छुट प्राप्त गर्नुका साथै मासिक किस्तामा सामान खरिद गर्न सकिन्छ ।

सानिमा बैंकले डिजिटल बैंकिङ प्रणालीलाई प्राथमिकता दिँदै समयानुकूल विभिन्न ग्राहकमैत्री सेवा तथा सुविधाहरु परिस्कृत रुपमा उपलब्ध गराउँदै आएको छ । सानिमा बैंकले हाल ८२ शाखा कार्यालय १५ विस्तारित काउन्टर तथा ८१ एटिएमबाट ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 

Advertisement

Advertisement