नबिल शेयर लोनको शुरुवात, ७.७५ प्रतिशत मात्रै ब्याजदर

Advertisement

काठमाडौं । नेपाल धितोपत्र बजारमा कारोबार हुने शेयरहरु धितो राखी नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितो कर्जा उपलब्ध गराउन सुरु गरेको छ । 

पचास लाख रुपियाँ वा सोभन्दा बढीको नबिल शेयर कर्जा वार्षिक ७.७५ प्रतिशतको आकर्षक ब्याजदरमा उपलब्ध हुने बैंकले जनाएको छ । 

Advertisement

आगामी दशैंको अवसरमा राष्ट्र बैंकको मार्गनिर्देशन भित्र रही नबिल बैंकका सम्पूर्ण शाखाहरुबाट शेयर धितो कर्जा प्राप्त गर्न सकिने छ । 

निजी क्षेत्रको अग्रणी बैंक नबिलका देश भरी ११९ शाखा र १८५ एटिएम काउण्टरहरु रहेका छन् । 

Advertisement

Advertisement