भूतपूर्व प्रहरी भन्छन्– प्रहरी कोषमा १० अर्ब हुनुपर्नेमा तीन अर्ब पनि छैन्, अरु पैसा खोई ?

Advertisement

काठमाडौं । अनियमितताविरुद्ध बोल्दा फौजमा अनुशासनको कारबाही हुन्छ, त्यसैले प्रहरीहरू बोल्न सक्दैनन् । तर, सेवानिवृत्त भएपछि भने प्रहरी अलिक खुलेर बोल्छन् । भूतपूर्व प्रहरी संगठनले त कोषमा अनियमितता भएको दाबीसहित सबै विवरण सार्वजनिक गर्न माग गरेको छ । ‘कोषमा अहिले करिब १० अर्ब रुपियाँ हुनुपर्ने हाम्रो आकलन छ,’ संगठनका अध्यक्ष वसन्त कुँवर भन्छन्, ‘तर, तीन अर्ब हाराहारी मात्र छ, बाँकी पैसा कहाँ गयो, हामीले हिसाबकिताब माग गरेका छौँ ।’ त्यस्तै, पूर्वएसपी रवीन्द्रनाथ रेग्मी विज्ञ कर्मचारी राखेर कल्याण कोषलाई सञ्चालन गर्नुपर्ने बताउँछन् । 

हालसम्म नेपाल प्रहरीबाट करिब दुई हजार आठ सयजना पर्यवेक्षक शान्ति मिसनमा गएका छन् । पर्यवेक्षक मिसनमा गएका एकै प्रहरीले २५ लाख रुपैयाँसम्म कोषमा योगदान दिएका छन् । त्यस्तै एफपियू मिसनमा आठ हजारजना गइसकेका छन् । हाल सुडानको डार्फरमा मात्र प्रहरीको एफपियू मिसन छ । ‘यो हिसाब पारदर्शी भएको भए कोषमा रकम धेरै हुन्थ्यो,’ कुँवर भन्छन् । 

Advertisement

भृकुटीमण्डपमा रहेको नेपाल प्रहरी हेल्थ क्लबलाई पनि व्यावसायिक बनाउन नसक्दा आम्दानीभन्दा खर्च धेरै छ । विगतमा क्बल ठेक्कामा दिने गरिएकोमा केही वर्षयता प्रहरीले आफैँ सञ्चालन गर्दै आएको छ । कोषअन्तर्गत प्रहरीका सातवटा स्कुल सञ्चालनमा छन् । व्यवस्थापन राम्रो हुन नसक्दा प्रहरीका स्कुल पनि आलोचित हुँदै आएका छन् । थप दुई स्कुल सञ्चालनको तयारी भइरहेको छ । 

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement