सुनचाँदीको मूल्य स्थिर, यस्तो छ आजको बजार भाउ
File-Photo

Advertisement

काठमाडौँ । साताको पहिलो दिन प्रतितोला ६ सय रुपियाँ घटेको सूनको मूल्य आज भने स्थिर रहेको छ । त्यसैगरी हिजो प्रतिला १० रुपियाँ घटेको चाँदीको मूल्य पनि स्थिर नै रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रुपियाँ, तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ५० रुपियाँ निर्धारण गरिएको छ । हिजो पनि सुनचाँदी आजकै मूल्यमा किनबेच भएको थियो । 

Advertisement

गत साताको शुक्रबार भने छापावाल सुन प्रतितोला ९३ हजार ९ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९३ हजार ४ सय रुपियाँ र चाँदी प्रतितोला १ हजार १ सय ६० रुपियाँमा कारोबार भएको थियो ।  

Advertisement

Advertisement