बजारभरी विषाक्त स्यानिटाइजर, थप नौ कम्पनीका उत्पादनहरुमाथि प्रतिवन्ध

Advertisement

काठमाडौं । औषधि व्यवस्था विभागले फेरि नौ वटा कम्पनीका ह्यान्ड स्यानिटाइजरको बिक्री वितरणमा प्रतिवन्ध लगाएको छ । यसअघि पनि गुणस्तरहीन भन्दै नौ वटा यस्ता उत्पादनहरुलाई बिक्री वितरणमा रोक लगाएको विभागले अहिले फेरि नौ वटालाई प्रतिवन्ध लगाएको हो । 

विभावका अनुसार अहिले बजारमा भेटिएका स्यानिटाइजरहरुमा विषाक्त रसायन मेथानोल भेटिएको जनाएका छन् । मापदण्डविपरीतका रसायन मिसाएर स्यानिटाइजर उत्पादन तथा आयात गर्नेहरुलाई उत्पादन तथा आयात गर्न रोक लगाएको छ । 

Advertisement

विषाक्त यस्ता स्यानिटाइजरले मानव स्वास्थ्यमा गम्भीर नकारात्मक असर पार्ने भन्दै विभागले आफ्नो सुचनामा सर्वसाधारणलाई प्रयोग नगर्न र नगराउन आग्रह गरेको छ । प्रतिबन्ध लगाइएका स्यानिटाइजरमा भारत उत्तराखण्डको सिभिका कस्मेस्युटिकल्स कम्पनीको हर्बल ट्री ह्यान्ड स्यान्टिाइजर, पर्साको आर केमिकल इन्डस्ट्रीको क्लिन ह्यान्ड स्यानिटाइजर र बनेपाको कुमकुम हर्बल इन्डस्ट्रीको कुमकुम ह्यान्ड स्यानिटाइजरका दुई वटा (५०० मिली र ५ लिटर), ओम आरोग्य हेल्थकेयर प्रालिको इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर, काठमाडौंको साधना सप्लायर्सको साधना इन्सट्यान्ट ह्यान्ड स्यानिटाइजर र काठमाडौंको कालिका सोप एन्ड केमिकल्स प्रालिको ड्रोन ह्यान्ड स्यानिटाइजरको (पहेँलो रंग) र रंग नमिसाइएको रहेका छन् ।

Advertisement

Advertisement