एनएमबी बैंक पीसीएएफको सञ्चालक समितिमा नियुक्त

Advertisement

काठमाडौँ । नेट जीरो एसिस्ट अनर अलाइन्स(एओए) सँगको सहकार्यमा पीसीएएफले आफ्नो सञ्चालक समितिमा एनएमबि बैंकलाई समावेश गरि नेतृत्व स्तरमा स्वागत गरेको छ । 

पीसीएएफ वित्तीय संस्थाहरूको विश्वव्यापी साझेदारी हो, जुन उनीहरूको कर्जा÷लगानीसँग सम्बन्धित ग्रीनहाउस ग्यास (जीएचजी) उत्सर्जनको आँकलन गर्न र खुलासा गर्न एक सामंजस्यपूर्ण दृष्टिकोणको विकास र कार्यान्वयन गर्न सहकार्य गर्दछ ।

Advertisement

कार्वन लेखा वित्तीय साझेदार(पीसीएएफ)कर्जा र लगानीले फाईनान्स गरेको ग्रीन हाउस ग्यास उत्सर्जन मापन गरी प्रस्तुत गर्न उद्योगको नेतृत्वमा संस्थागत सम्पतिको पहल गर्न संयुक्त राष्ट्र संघले आयोजना गरेको अन्तर्राष्ट्रिय गठबन्धनसंग मिलेर काम गर्न तथा सहभागितालाई सुदृढ र बिस्तार गर्ने प्रयास गरेको छ ।

पीसीएएफ द्रुत रुपमा विकसित हु“दैछ । गत सेप्टेम्बरमा यसको विश्वव्यापी प्रक्षेपण ५ ट्रिलियन भन्दा बढी सम्पति भएकोमा ५० वित्तीय संस्थाबाट शुरु भएको यो पहल ७५ वित्तीय संस्थामाझ पुगेको छ जसको १२ ट्रिलियन अमेरिकी डलर भन्दा बढी सम्पति पुगेको छ । 

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी भन्छन्- ‘विश्वव्यापी तापक्रम वृद्घिलाई सुरक्षित सीमाभित्र राख्नु हामी सवैको लागी महत्वपूर्ण छ, तर यो विशेष गरी एशियाका देशहरुमा प्रासंगिक छ जुन चरम मौसम घटनाहरु र समुद्री सतहको बढ्दो जोखिममा छन् । हामी अग्रगामी पहलको हिस्सा हुन पाउ“दा खुसी छौं जसले वित्तीय संस्थालाई हाम्रो समयको सब भन्दा ठूलो चुनौतीलाई सम्बोधन गर्न उनीहरुको भूमिका खेल्न सहयोग गर्दछ ।’


 

Advertisement

Advertisement