झिनो अंकले घट्यो शेयर बजार, विकास बैंक र वित्त समूह बाहेक सबै राताम्मे

Advertisement

काठमाडौँ । साताको पहिलो दिन हिजो झिनो अंकले बढेको शेयर बजार आज दोश्रो दिन पुनः झिनै अंकले घटेको छ ।

शेयर बजार हिजो ४.२९ अंकले बढेको थियो भने आज भने ४.७३ अंकले घटेको हो । आज ०.३० प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १५६०.८३ अंकमा ओर्लिएको छ । 

Advertisement

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज १९१ कम्पनीका ६९ लाख ९७ हजार ४ सय २० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६९ करोड १ लाख ५४ हजार ५ सय २५ रुपियाँको कारोबार भयो । 

आज विकास बैंक र वित्त समूहमा मात्रै हरियाली छायो, बाँकी अरु समूह राताम्मे भए । 

Advertisement

Advertisement