माग पूरा गर्न देउवालाई पौडेल समूहको एक हप्ते अल्टिमेटम

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवालाई सोमबार ज्ञापनपत्र बुझाउँदै आफ्ना माग पूरा गर्न एक हप्ताको अल्टिमेटम दिएको छ । 

पौडेल समूहले विभाग गठन खारेज गर्नुपर्ने, विवाद समायोजन छिटो सक्नुपर्ने र क्रियाशील सदस्यता वितरणमा भएको एकपक्षीय गतिविधि सुधार गर्नुपर्ने जस्ता माग अघि सार्दै ती मागहरु एक हप्ताभित्र सम्बोधन गर्न समयसीमा तोकेको छ । 

Advertisement

देउवाले असोज १९ गते केन्द्रीय समिति बैठक बोलाएकाले उक्त बैठकअघि नै मागहरु सम्बोधन भइसक्नुपर्ने पौडेल समूहको अडान छ । पार्टी महाधिवेशन नजिकिएसँगै काँग्रेसभित्र विवाद चर्किएर गएको छ । विशेषगरी देउवाले पुनः सभापति हुने रणनीतिअनुसार विधान मिचेर विभाग गठन, क्रियाशील सदस्यता वितरण प्रक्रिया अघि बढाएपछि पौडेल समूह आक्रोसित भएको हो । 

मौखिमरुपमा गरेको आग्रह देउवाले सुनुवाई नगरेपछि पौडेल समूहका २७ जनाले गरेको हस्ताक्षरसहितको ज्ञापनपत्र काँग्रेसको पार्टी कार्यालयमा बुझाइएको हो । 

Advertisement

Advertisement