शिखर इन्स्योरेन्सको सीईओमा दीपप्रकाश पाण्डेलाई निरन्तरता

Advertisement

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दीपप्रकाश पाण्डेले निरन्तरता पाएका छन् । पाण्डेलाई थप चार बर्षका लागि करार अवधि थप गर्ने कम्पनी सञ्चालक समितिको निर्णयलाई बीमा समितिले स्वीकृत गरेको छ । 

पाण्डेको नयाँ अवधि कात्तिक ११ बाट सुरु हुन्छ । लामो समय बीमा क्षेत्रको अनुभव संगालेका पाण्डे सक्षम र क्षमतावान सीईओको रुपमा परिचित छन् । पाण्डे नेपाल बीमक संघका अध्यक्ष पनि हुन् । उनी शिखरमा आउनुअघि एभरेष्ट इन्स्योरेन्समा थिए । 

Advertisement

Advertisement

Advertisement