बैंकका अध्यक्षहरुलाई गभर्नरले भनेः तरलता बढ्यो भन्दैमा अनुत्पादक क्षेत्रमा लगानी नबढाउनुहोला

Advertisement

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तरलता बढ्यो भन्दैमा अनुत्पादक क्षेत्रमा लगानी नबढाउन बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरुलाई सुझाव दिएका छन् । 

राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन, २०७७ मा उल्लेखित नीतिगत व्यवस्था र वित्तीय तथा बैंकिङका विषयमा  मंगलबार गरिएको भर्चुअल अन्तरक्रियामा अधिकारीले उक्त कुरा बताएका हुन् । उनले वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको अवस्थामा अनुत्पादक क्षेत्रतर्पm कर्जा प्रवाह हुनसक्ने उल्लेख गर्दै त्यसप्रति सजग रहन आग्रह गरे । 

Advertisement

अहिलेको विषम परिस्थितिमा बैंक वित्तीय संस्था नाफाभन्दा पनि व्यवसाय टिकाउनेतिर केन्द्रित हुनुपर्ने बताए । उनले भने, “यतिबेला बैंक तथा वित्तीय संस्थाहरु नाफामुखी हुनुहुँदैन । आफ्नो व्यवसायलाई टिकाउनेतर्पm यहाँहरु केन्द्रित भइदिनुस् ।”

कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रलाई गतिशील बनाउने गरी बैंकले मौद्रिक नीति जारी गरेको उल्लेख अधिकारीले गर्दै उक्त नीतिको कार्यान्वयनमा सहयोग पुर्याउन आग्रह गरे । कोभिडको असरसँगै निम्तिएको असहज परिस्थितिमा अर्थतन्त्र र वित्तीय प्रणालीको सम्बद्र्धनमा टेवा पुग्नेगरी बैंक वित्तीय संस्थाले वित्तीय सेवा प्रदान गर्नपर्ने उनको भनाई थियो । 

गभर्नर अधिकारीले मर्जर तथा प्राप्तिमा नीतिगत सहुलियत दिएको उल्लेख गर्दै मर्जर तथा प्राप्तिको सम्बन्धमा आपसमा निर्णय गरेर निष्कर्षमा पुग्न पनि सुझाव दिए । बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने वित्तीय सेवाामा सूचना प्रविधिको अधिकतम उपयोग गर्नुपर्ने अधिकारीको भनाई छ । उनले भने, “अब ई–कमर्शलाई प्रवद्र्धन गर्ने किसिमका वित्तीय सेवातर्फ बैंकहरु केन्द्रित हुनुपर्छ ।”

बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यान, नेपाल बैंकका अध्यक्ष बासुदेव अधिकारी, हिमालयन बैंकका अध्यक्ष तुलसी गौतम, मेगा बैंकका अध्यक्ष भोजबहादुर शाह, लुम्बिनी विकास बैंकका अध्यक्ष दशरथ रिजाल, महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्याय, नेपाल फाइनान्स लिमिटेडका अध्यक्ष हिरेन्द्रमान प्रधान, रिलायन्स फाइनान्स लिमिटेडका अध्यक्ष कुशकुमार मलीलगायतले बोलेका थिए । 

Advertisement

Advertisement