सिटी एक्सप्रेसले सुरु गर्यो ‘जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन रु १०,००० हातमा’ योजना

Advertisement

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैंतिहार लक्षित योजना ‘जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन रु १०,००० हातमा’ योजना सार्वजनिक गरेको छ । 

साथी दिनसम्म चल्ने यस योजनाअन्तर्गत गोलाप्रथाबाट हरेक दिन एक जनालाई १० हजार उपहार प्रदान गरिने छ । असोज १५ गते देखि मंसिर १५ गतेसम्म लागू हुने यो योजना अवधिभरी सिटी एक्सप्रेसमार्फत देश विदेशबाट पैसा पठाउने सेवाग्राही सहभागी हुनेछन् । 

Advertisement

यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिने कम्पनीले जनाएको छ । सिटी एक्सप्रेस विगत १४ बर्षदेखि रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचानसहित सेवारत छ । उसले कोरिया, जापान, साउदी, कतार, कुवेत, मलेशिया , अष्ट्रेलियालगायतका मुलुकबाट विप्रेषण सेवा प्रदान गर्दै आएको छ । आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर १० हजार बढि भुक्तानी केन्द्रहरु तथा कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न र मोबाईल वालेटमा लोड गर्न सक्ने सुविधा छ ।

Advertisement

Advertisement