एक अर्ब ७८ करोड निक्षेप राख्ने बैंक खोज्दै राष्ट्र बैंक

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक अर्ब ७८ करोड रुपैयाँ निक्षेप राख्ने बैंक तथा वित्तिय संस्थाहरुको खोजी थालेको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको निक्षेपका रुपमा स्विकार गर्न क, ख र ग वर्गका बैंक तथा वित्तिय संस्थाहरुलाई आव्हान गरेको हो । 

यो रकम २४० दिन अवधीको हुनेछ । अर्थात कात्तिक २ गतेदेखि गणना भएर २०७८ जेष्ठ ३१ गते परिपक्क हुनेछ । राष्ट्र बैंकले बाणिज्य बैंकहरुमा एक अर्ब ४२ करोड, विकास बैंकहरुमा २६ करोड ७० लाख र वित्त कम्पनीहरुमा ८ करोड ९० लाख रुपैयाँ राख्न लागेको हो । राष्ट्र बैंकले असोज १८ गतेभित्र त्यस्तो रकमका लागि आवेदन गरिसक्न भनेको छ ।

छोटो अवधीको रिपोले तरलता व्यवस्थापनमा समस्या ल्याउने गुनासो गर्दै आएका बैंकहरुले २४० दिनको रकमलाई राहतका रुपमा प्रयोग गर्न सक्छन् । तर यतिबेला वित्तिय क्षेत्रमा अधिक तरलताको अवस्था रहेको छ । 
 

Advertisement

Advertisement

Advertisement