‘खाली पिली’ भारतमा र नेपालमा एकैसाथ रिलिज हुने, डिशहोमको सिनेमाघरमा हेर्न पाइने

Advertisement

काठमाडौं । बलिउड  चलचित्र ‘खाली पिली’ नेपाल र भारतमा एकसाथ रिलिज हुने भएको छ । नेपालमा डिशहोमको सिनेमाघर इन्टरनेशनल च्यानल नंं.९९९ मा हेर्न सकिने छ । 

नेपालमै पहिलो पटक बलिउडको चलचित्र पे पर भ्यू मार्फत नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा डिशहोमले शुरुवात गरेको हो । असोज १६ गते रिलिज हुने चलचित्र खाली पिर्ली दैनिक आठ शो हेर्न पाइन्छ । 

Advertisement

ग्राहकहरुको मनोरञ्जनलाई ध्यानमा राखेर अन्तर्राष्ट्रिय चलचित्रहरु रिलिज गर्ने उद्देश्यले सिनेमाघर ईन्टरनेशनल ९९९ संचालनमा ल्याएकोे डिशहोमले जनाएको छ । पे पर भ्यू सेवामार्फत न्यूनतम् मूल्यमा परिवारसंग घरमा नै बसेर नयाँ नयाँ नेपाली सिनेमा हेर्न सकिने च्यानल नं. १०८ ,८८८ र ५५५ यस अघिनै सफलताका साथ संचालन गरिरहेको उसले जनाएको छ । 

च्यानल नं. ९९९ मा चलचित्र खाली पीली हेर्न आईभीआर नं. ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशन अनुसार वा डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. ०१४२१७६६६ मा फोन गरेर, टोल फ्रि नं. १६ ६० ०१ २२००० मा फोन गरेर अथवा एमओडी९९९ आफ्नो क्यास आईडी अनि हेर्न चाहेको सो समय टाईप गरि साधारण एसएमएस पठाएर र नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेर समेत न्यूनतम् शुल्कमा सिनेमाघर खुलाउन सकिन्छ ।


 

Advertisement

Advertisement