भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई

Advertisement

काठमाडौं । सन् २०२० को भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकहरुलाई प्रदान गरिने भएको छ । ब्ल्याक होल र आकाशगंगा तारापुञ्जको रहस्य पत्ता लगाउने उनीहरुलाई यो पुरस्कार प्रदान गर्ने नोबेल कमिटिले निर्णय गरेको हो । 

स्टकहोममा मंगलबार भएको एक कार्यक्रमकामा स्विडिस एकेडेमिले यस वर्षको भौतिकशास्त्रतर्फको नोबल पुरस्कार रोजर पेनरोज तथा राइनहार्ड गेन्जेल र एन्ड्रिया गेजलाई प्रदान गर्ने घोषणा गरेको थियो । 

Advertisement

नोबेल कमिटीका अनुसार पुरस्कारको आधा हिस्सा पेनरोजलाई प्रदान गरिने छ भने बाँकी हिस्सा गेन्जेल र गेजलाई प्रदान गरिने छ । पेनरोजलाई ‘ब्ल्याक होल’को बनोट सापेक्षताको सामान्य सिद्धान्तको एक बलियो पूर्वानुमान हो भन्ने कुरा पत्ता लगाए बापत पुरस्कृत गर्ने निर्णय गरिएको हो । उनी बेलायती हुन् । 

त्यस्तै, गेन्जेल र गेजलाई तारापुञ्ज (ग्यालेक्सी)को केन्द्रमा एउटा ‘सुपर म्यासिभ कम्प्याक्ट अब्जेक्ट’ छ भन्ने कुरा पत्ता लगाएबापत पुरस्कृत गर्न लागिएको हो । गेन्जेल जर्मन हुन् भने गेज अमेरिकी हुन् । 

विजेताहरुले स्वण पदकसहित एक करोड स्विडिस क्रोनर प्राप्त गर्नेछन् । यसअघि सोमबार समितिले चिकित्सा विज्ञानतर्फको पुरस्कार घोषणा गरेको थियो ।
 

Advertisement

Advertisement