नविल बैंकको अध्यक्षमा उपेन्द्र पौडेल

Advertisement

काठमाडौं । नेपाल बैंकको अध्यक्षमा बैंकर उपेन्द्र पौड्याल नियुक्त भएका छन् । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई कम्पनीको अध्यक्ष पदमा नियुक्त गरेको हो । उनी एनएमबि बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत हुन् । उनी पछिल्लो समय एसिया प्यासिफिकको ग्लोबल अलाइन्स फर बैंकिङ अन भ्यालुको नेपालस्थित क्षेत्रीय प्रतिनिधि समेत हुन् ।

अध्यक्ष शम्भुप्रसाद पौड्यालको पदावधि सकिएसँगै बैंकले उपेन्द्र पौड्याललाई नयाँ अध्यक्ष चयन गरेको हो । २०७४ मंसिर १५ गतेदेखि सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गरेका पौड्याललाई सञ्चालक समितिले करिब ३ वर्षपछि अध्यक्ष बनाएको छ । 

Advertisement

नेशनल बैंकिङ इन्स्टिच्यूटको निर्देशक समेत रहेका पौड्यालसँग तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव छ । सन् १९८६ मा ग्रिनल्यान्ड बैंकबाट उनले बैंकिङ करिअर सुरु गरेको थिए । होटलबाट आफ्नो व्यावसायिक करिअर सुरु गरेका पौड्यालले सोल्टी होटलमा करिब ६ वर्ष काम गरेका थिए । त्यही अनुभवका आधारमा उनी हालको स्टयान्डर्ड चार्टर्ड (तत्कालीन नेपाल ग्रिनल्यान्ड बैंक)मा प्रवेश गरेका थिए । त्यहाँ उनले १४ बर्ष बिताएका थिए । 

नबिल बैंकमा सर्वसाधारण लगानीकर्ताको तर्फबाट सञ्चालकको जिम्मेवारीमा रहेका दुई जनाको ४ वर्षे कार्यकाल यही असोज १७ गते सकिएको छ । शम्भुप्रसाद पौड्याल र दयाराम  अग्रवालको पदावधि सकिएको हो ।

नेपाल राष्ट्र बैंकबाट आफ्नो बैंकिङ करिअर सुरु गरेका पौड्याल सर्वसाधारण शेयरधनीका तर्फबाट २०४२ माघ २७ गते सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गरेका थिए । यसैगरी, अग्रवाल करिब २६ वर्षभन्दा बढी बैंकको सञ्चालक रहे । 

Advertisement

Advertisement