भिभोको ‘फ्ल्यागशीप’ स्मार्टफोन भी२० अब नेपालमा, यस्ता छन् विशेषता

Advertisement

काठमाडौं । अग्रणी ग्लोबल स्मार्टफोन ब्राण्ड भिभोले नेपालमा आफ्नो नयाँ प्रमुख मोडल भी२० प्रस्तुत गर्ने भएको छ । स्मार्टफोनको मुख्य आकर्षणको रुपमा अल्ट्रा स्लिक र लाइट डिजाइने हुने अपेक्षा गरिएको यो फोन ट्रेन्डी स्लिम डिजाइन, अत्याधिक फेसनेवल र कलर प्यालेटमा उपलब्ध हुनेछ । 

यसको स्लिम बडीको उत्तम मिश्रणले युवा पिढीको स्मार्ट र विकसित जीवनशैलीसँग मेल खाने कम्पनीको विश्वास छ । भी२० को डिजाइन तथा नविनता बर्षौं बर्षको प्रतिवद्धताको एउटा उदाहरण हो भन्दै भिभोले यस फोनलाई बी द फोकस अलवेज ट्यागलाइनअन्तर्गत प्रक्षेपण हुने जनाएको छ । 

Advertisement

नेपाल भित्रिन लागेको यस फोनमा मिडनाइट ज्याज, सिग्नेचर कलर, जुन रहस्यमय उर्जा र सनसेट मेलोडीले भरिएको जनाइएको छ । ‘यसले सूर्यास्त र समुन्द्री तटहरुको सम्झना दिलाउँछ’, भिभो भन्छ । 

मोवाइल प्रयोगकर्ताहरुको व्यस्त जीवनशैलीको पूरक बन्नसक्ने भी२० उच्च स्लिम डिजाइन र हल्काका साथै सौन्दर्यशास्त्रमा भव्यता थप्न डुअल टोन स्टेप डिजाइनमा भव्य क्यामराको व्यवस्था गरिएको छ । नियमित फोनमा साधारण क्यामरा लेआउटको एकलता तोड्नको लागि आफूले कोशिश गरिरहेको भिभोको भनाई छ । 

स्मार्टफोन आजका युवा पुस्ताका लागि एक विस्तारिक समर्थन प्रणाली बन्न पुगेको र उनीहरुको भावना, व्यक्तित्व व्यक्त गर्न र उनीहरुको जीवनशैलीलाई पूरक बनाउन सहयोगी बन्ने गरेको छ भन्दै उसले भविश्यका लागि तयार स्मार्टफोन ब्राण्डको रुपमा भिभो एक कदम अगाडि छ जब यो युवाहरुको आवश्यकताको साथ विकसित हुँदै जान्छ भनेको छ । 

यसमा रहेको परिस्कृत क्यामरामा रहेको अटोफोकस सुविधाले प्रयोगकर्तालाई सिर्जनात्मक संभावनाको नयाँ संसारमा अनलक गर्न अनुमति दिन्छ । यो क्यामरा लामो दूरीबाट कलर र गहिराईसम्मको फोटो तथा भिडियोहरु क्याप्चर गर्न सक्षम रहेको कम्पनीको भनाई छ । साथै, भिभोले भी२०का थरु थुप्रै विशेषताहरु रहेको भन्दै त्यसबारेमा जानकारी गराइने बताएको छ । भिभो चिनियाँ स्मार्टफोन ब्राण्ड हो । 

Advertisement

Advertisement