बस्ती नै उठाउने गरी पशुपति विकास कोषले गुरुयोजना बनाएपछि स्थानीय सडकमा उत्रिए

Advertisement

काठमाडौं । पशुपति क्षेत्र विकास काषले बनाएको गुरुयोजनाको विरोध गर्दै स्थानीय विरोधमा उत्रिएका छन् । पशुपतिनाथको प्राचीनता मास्ने गरी कोषले गुरुयोजना तयार गरेको भन्दै उनीहरु बुधबार विरोधमा उत्रिएका हुन् । 

स्थानीय बासिन्दाले कोषको कार्यालय रहेको क्षेत्रलाई मानवसाङ्लो बनाई घेराउ गरेका थिए । संरक्षणवादीदेखि धार्मिक अगुवाहरुले पनि सरोकारवालाहरुसँग छलफल नगरी गुरुयोजना ल्याइएको भन्दै यसमा सुधार गर्नुपर्ने धेरै कुरा रहेको बताउँदै आएका छन् । 

Advertisement

पशुपति क्षेत्रको विकासको नाममा परापूर्वकालदेखिको बस्ती मास्ने र पशुपति क्षेत्रभित्रको स्थानीय संस्कृति तथा जात्राको विनास गर्ने गरी गुरुयोजना ल्याइएको भन्दै पशुपति क्षेत्र संयुक्त संघर्ष समितिका संयोजक आशामान सङ्गतले पशुपति क्षेत्र भित्र रहेका १ सय ४० पर्व र ४० वटाभन्दा बढी जात्रा मास्न खोजिएको दावी गरेका छन् । 

पशुपति क्षेत्रका जानकार नरोत्तम वैद्यले सरकारले स्थानीयका कुन पनि माग सम्बोधन गर्न नचाहेको बताए । उनले कोष खारेज गरी पशुपतिलाई काठमाडौं महानगरपालिकाअन्तर्गत ल्याउनुपर्ने तर्क गरे । 

पशुपति क्षेत्र विकास कोषले गत साउन महिनामा सिफलसम्म बस्ती खाली गराउने प्रस्तावसहितको गुरुयोजना तयार गरेपछि स्थानीय रुष्ट भएका हुन् । सय बर्षीय उक्त योजनाले भुवनेश्वरी मन्दिरदेखि सिफलसम्मको बस्ती अन्यत्र सार्ने लक्ष्य लिएको छ । 

Advertisement

Advertisement