भिभोको दशैंतिहार विशेष अफरः मोवाइल किन्दा स्कुटरदेखि स्मार्ट टिभीसम्म उपहार

Advertisement

काठमाडौं । नेपालीहरुको महान पर्व दशैंको शुरुवातसँगै ग्लोबल स्मार्टफोन ब्राण्ड भिभोले आफ्ना ग्राहकहरुको लागि भिभो ह्यान्डसेटको खरिदमा आश्चर्यजनक तथा भव्य पुरस्कारको घोषणा गरेको छ । गोलाप्रथामार्फत विजेता घोषणा गरिने यो उपहार योजना असोज २३ देखि मंसिर १५ सम्म मुलुकभरका भिभोका आधिकारीक तथा खुद्रा विक्री केन्द्रमा लागू हुने कम्पनीले जनाएको छ ।  

यस अवसरमा भिभो नेपालले हरेक भिभो ह्यान्डसेटको खरिद गर्नको लागि उपहारहरु निश्चितरुपमा प्रदान गर्ने योजना ल्याएको छ । उत्सबलाई अझै आनन्द र उत्साहजनकमय बनाउन १५ हजार रुपियाँभन्दा माथिको भिभो ह्यान्डसेटको खरिदमा विना लागत समान मासिक किस्ता र शुन्य अग्रिम भुक्तानी जस्ता आकर्षक प्रस्तावहरु ल्याएको छ । 

Advertisement

भिभोका उपहार योजनामा १२ हजारभन्दा बढि भाग्यशाली ग्राहकलाई ४३ इन्चको स्मार्ट टिभी, इएरबड, पावरव्याङ्क, स्क्रिन प्रतिस्थापना, इएरफोन लगायतका उपहार प्रदान गरिने छ । दुई भाग्यशाली ग्राहकले बम्पर उपहारमार्फत १२५ सिसिको टिभिएसको एनटर्क स्कुटर जित्ने अवसर प्राप्त गर्नेछन् । 

भिभो नेपालका कार्यकारी प्रमुख मार्सले चाडपर्वको अवसरमा आफ्ना ग्राहकहरुलाई खुसी पार्ने उत्तम अवसर भएको बताउँदै स्थापनाकाल देखिनै भिभोले बजारमा ल्याएका नविन स्मार्टफोनहरुलाई नेपाली ग्राहकहरुले अत्याधिकरुपमा रुचाएको आफूहरुले देखेको बताएका छन् । 

दशैंतिहारको अवसरमा मुलुकभरका भिभोका ग्राहकहरुले आकर्षक उपहार जित्नसक्ने बताउँदै भिभो नेपालले मानिसहरुलाई भिभोसँगै आविष्कार, प्रविधि, शैली र भव्यताको अनुभबमा मिल्दछ जुन उनीहरुको विकसित जीवनशैलीको साथ अघि बढिरहेको छ भनेको छ । 

चिनियाँ मोवाइल ब्राण्ड भिभोको सन् २०१९ सम्ममा ३० भन्दा बढि देशहरु र क्षेत्रहरुमा आफ्नो बिक्री नेटवर्क विकसित हुनुका साथै  विश्वभर ३५० मिलियनभन्दा बढि सक्रिय उपभोक्ता रहेको जनाइएको छ । 

Advertisement

Advertisement