नेकपाको कट्टर कार्यकर्ता नेपाल वायुसेवा निगमको महाप्रवन्धक नियुक्त

Advertisement

काठमाडौं । सरकारले आफ्नो पार्टी नेकपाका कट्टर कार्यकर्तालाई नेपाल वायुसेवा निगमको महाप्रवन्धक नियुक्त गरेका छन् । मन्त्रिपरिषदको बिहीबारको बैठकमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको प्रस्तावमा तत्कालिन एमालेनिकट अनेरास्ववियूका नवलपरासी जिल्ला अध्यक्ष हुँदै अहिले नेकपाको पार्टी गतिविधिमा सक्रिय रहेका डिमप्रसाद पौडेललाई निगमको महाप्रवन्धक नियुक्त गरिएको हो । 


हाल नेकपाको उद्योग व्यवसायी महासंघ सचिवालय सदस्य रहेका पौडल पर्यटनमन्त्री भट्टराई पार्टीको प्रचार विभाग प्रमुख हुँदा सदस्यको रुपमा उनलाई सहयोग गरेका थिए । सोही बेलामा भट्टराईलाई सहयोग गरेर मन जितेका पौडेलले निगम सुधारका लागि पूर्वसचिव सुशील घिमिरेको संयोजकत्वमा गठित कार्यदलको सदस्यसमेत बनाएका थिए । कार्यकारी अध्यक्ष घिमिरेको कार्यकारी खोसेर पौडेललाई महाप्रवन्धक बनाइएको हो । 

Advertisement

निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई त्रिभुवन विमानस्थलको सेल्फ ग्राउण्ड ह्याण्डलिङ लिने आफ्नो निर्णयमा घिमिरेले आफेक्षाअनुसार सहयोग नगर्दा निर्णयबाट पछि हट्नुपर्ने बाध्यता आएको भन्दै मन्त्री भट्टराई घिमिरेदेखि असन्तुष्ट बनेका थिए ।  

चार बर्षका लागि निगमको महाप्रवन्धक बनाइएका पौडेल यसअघि निगमको सञ्चालक बनाइएको थियो । विभिन्न मेडिकल कलेजमा काम गर्दा आर्थिक विवादमा परेका उनी यसअघि चितवन मेडिकल कलेजमा फाइनान्स तथा प्रशासन निर्देशक र ललितपुरमा रहेको नेपाल क्यान्सर अस्पतालमा प्रमुख कार्यकारी अधिकृत थिए । 

Advertisement

Advertisement